कृष्णसिंह धामी/काठमाडौं । ‘मलाई नेपाल र नेपाली एकदमै मन पर्छ । यहाँका मानिसहरु एकदमै मेहनती, इमान्दारी हुन्छन् । जुन कुरा मैले प्रत्यक्ष भोगेका छु । "/>

भारतीय मगन्तेका कारण विदेशी पर्यटक समस्यामा

भारतीय मगन्तेका कारण विदेशी पर्यटक समस्यामा


कृष्णसिंह धामी/काठमाडौं । ‘मलाई नेपाल र नेपाली एकदमै मन पर्छ । यहाँका मानिसहरु एकदमै मेहनती, इमान्दारी हुन्छन् । जुन कुरा मैले प्रत्यक्ष भोगेका छु ।’ नेपाल घुम्न आएका एक जना बेलायती नागरिक ज्याकोव ज्याक खुलेरै नेपालीको प्रशंसा गर्दे थिए ।

यतिकैमा उनका सहपाटी इम्मा बोलिन, ‘तर भारतीयहरु एकदमै हरामी । हामी नेपाल आउनुपूर्व भारत भ्रमणमा थियौं । भारतमा माग्नेहरु धेरै । उनीहरुले धेरै सताए । पैसा नदिँदासम्म छोड्दै नछोड्ने । खुट्टा ढोग्ने, हात जोड्ने, नदिए गाली समेत गर्ने ।’

उनीहरु भारतीय मगन्तेबाट नेपालमा पनि पीडित भएका रहेछन् । काठमाडौंको हनुमानढोका दरवार क्षेत्रको अवलोकनका क्रममा उनीहरुलाई भारतीय मगन्तेहरुले पछ्याएका रहे । नेपालमा पनि मगन्तेहरु नभएका होईनन् । तर उनीहरु भारतीय मगन्तेजस्ता नभएको पर्यटकहरुको भनाई छ । घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको छ ।

भारतीय मगन्तेका कारण विदेशमा नराम्रो सन्देशः
माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीको आरोप छ । ठमेल पर्यटन परिषद्का अध्यक्ष समिर गुरुङले माग्नेहरुको कारण पर्यटकहरुले सास्ती खेप्नुपरेको बताए । काठमाडौं, पोखरा, लुम्बिनी, सौराह लगायत क्षेत्रमा घुम्न आउने विदेशी पयर्टकहरु माग्नेहरुबाट आजित छन् ।

यसरी भिख माग्ने भारतीय भए पनि पर्यटकलाई नेपाली नै भन्ने भ्रम हुने गरेको छ । पर्यटकले प्राकृतिक सौन्दर्यसँगै भिखारीले सडकपेटीमा उनीहरूसँग भिख माग्दै गरेको तस्बिर खिच्ने र सामाजिक सञ्जाललगायतका माध्यमबाट गलत सन्देश विदेशमा जाने गरेको अध्यक्ष गुरुङको भनाई छ । न्यानो आतिथ्यता दिनुभन्दा पहिले नै भिखारीको क्रियाकलापले पर्यटकहरू हैरान बन्ने गरेको उनको भनाई छ ।

‘पर्यटकलाई यहाँको सुन्दरताले भन्दा पनि, भिखारीले देखाउने हर्कतले नेपालीप्रतिको धारणा नै बदलिएको छ,’ उनले भने, ‘एकातर्फ उनीहरूलाई स्वागत गर्न हामी आतुर छौँं, अर्कोतर्फ भिखारीहरूले पहिले नै पर्यटकको धारणामै परिवर्तन ल्याइदिने गरेका छन् ।’

‘अन्तर्राष्ट्रिय बजारमा स–साना कुराले पनि असर पार्छ, भिखारी देख्दा सामान्य मान्न सकिन्छ, तर उनीहरूले गर्ने हर्कत र पर्यटकले बेहोर्नुपर्ने सास्तीका कारण पनि पर्यटन क्षेत्रमा भयानक असर पनि हुन सक्छ,’ उनको भनाई छ ।

भिख माग्न लगाउनेलाई कारबाही गर्न असम्भवः
गत १ भदौबाट गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले सार्वजनिक स्थलमा भिख माग्न प्रतिबन्ध लगाएको छ । सो भिक्षा मागे एक हजार रुपैयाँ र अरूलाई माग्न लगाएमा १० हजार रुपैयाँसम्म जरिवाना र कैदसमेतको व्यवस्था गरेको छ ।

ऐनको दफा १२६ मा गरिएको व्यवस्थाअनुसार कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा मागेमा, कसैले बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा माग्न लगाएमा र अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन दिएमा पहिलोपटक भिक्षा मागेको भए एक महिना कैद वा एक हजारसम्म जरिवानाको गर्ने व्यवस्था छ ।

दोस्रोपटकदेखि प्रत्येकपटक दुई महिना कैद वा दुई हजारसम्म जरिवानाको व्यवस्था छ । माग्न लगाएको भए पहिलोपटकमा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दोस्रोपटकदेखि प्रत्येकपटक तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

कानून अनुसार भिखारीहरुलाई जेल हाल्न तत्काल असम्भव भएको स्वयम प्रहरी स्वीकार गर्छन् । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी टेकुनन्द लिम्बुले राज्यले बनाएको कानून तत्काल कार्यान्वय असम्भव भएको बताए । एक महिना जेल हाल्न थालियो भने राज्यले नै उनीहरुलाई पालनपोषणको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

प्रहरीले विदेशी पर्यटकहरुलाई माग्नेहरुबाट दुःख नहोस भन्नको लागि विशेष सतर्कता अपनाईएको उनको भनाई छ । ‘यदि उनीहरुलाई समातेर जेल हाल्न थालियो भने एक महिनासम्म राज्यले नै उनीहरुलाई पाल्नुपर्छ । यति धेरैका संख्यामा रहेका माग्नेहरुको उचित व्यवस्था गर्नुपर्छ । भारतीय माग्नेहरुलाई उतै पठाउने व्यवस्था राज्यले गर्नुपर्छ डिएसपी लिम्बु भन्छन् ।

डिएसपी लिम्बुले भिखारीका कारण समस्या भएको स्वीकार गर्दै राज्यले उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताए । साना दुधेबालकसमेत भिख माग्न प्रयोग भइदिँदा समस्या भएको उनको भनाइ छ । ‘उनीहरूलाई राख्ने प्रबन्धसमेत आफूहरूसँग नरहेको उनले बताए । राज्यसँग पुर्नस्थापना केन्द्र छैन् । हामीहरुले विभिन्न संघसंस्थाको सहयोगमा उनीहरुलाई व्यवस्थापन गर्दै आएका छौं’ डिएसपी लिम्बुले भने ।

भिख माग्न नपाइने र माग्न लगाउनेलाई समेत कारबाही हुने प्रस्ट कानुनी व्यवस्था रहेकाले कानुनी उपचारमा जाने या भारतीय भिखारीलाई उतै पठाउने भन्ने विषयमा सवैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ । भिख माग्नलाई विशेषगरी महिला र बालबालिकाको प्रयोग गरिदैं आएको छ ।

भारतमा मात्रै २ करोड भिखारीः
भारतमा मात्रै २ करोड भन्दा बढी माग्नेहरु रहेको भारतीय मिडियाहरुले बेला बेला सार्वजनिक गर्दै आएका छन् । उनीहरु भारतसँगै नेपालमा पनि माग्न आउने गरेका छन् । भारत सरकारले उनीहरुको उचित व्यवस्थापनको लागि कुनै पहल नगर्दा नेपाल समेत पस्ने गरेका छन् ।

जसले गर्दा नेपालको अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश जाने गरेको छ । नेपालमा भारतबाट आएका विशेषगरी महिला, बालबालिका, जोगीहरु, अपांगता भएका व्यक्तिहरु बढी छन् । उनीहरु विदेशी पर्यटकहरुसँगै नेपालीबाट पनि माग्दै आएका छन् ।

Logo