काठमाडौँको बालाजु र टोखाबाट कौडा र जुवातासको खालबाट २३ जना पक्राउ परेका छन् । "/>

जुवाखालबाट ८ लाखसहित २३ पक्राउ

जुवाखालबाट ८ लाखसहित २३ पक्राउ


काठमाडौँको बालाजु र टोखाबाट कौडा र जुवातासको खालबाट २३ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु बस्ने धादिङ बसेरीका ३५ वर्षीय देव गुरुङ र ३० वर्षीय धनबहादुर गुरुङसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १२ वटा कौडा र नगद ८० हजार रुपैया बरामद भएको प्रहरीले जनाएको छ  ।

यस्तै प्रहरीले टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने ४२ वर्षीय जिवनबहादुर थापा मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित १५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एकथान कौडासेट र ७ लाख १५ हजार ४ सय रुपैया समेत बरामद भएको छ ।

Logo