भारत महाराष्ट्रका श्री शिव कुमार कृपानन्द श्वामी तीन दिनका लागि नेपाल आउने भएका छन् । यहि मंसिर ७ गते दखि ९ गतेसम्म उनले काठमाणडौको टुंडिखेलमा आयोजना हुने कार्यक्रममा नेपालमा रहेका आफ्ना भक्ताजनहरुलाई ज्ञान बाँड्ने बताइएको छ । "/>

नेपाल किन आउन चाहान्छन् श्वामी शिव कृपानन्द ? (भिडियोसहित)

नेपाल किन आउन चाहान्छन् श्वामी शिव कृपानन्द ? (भिडियोसहित)


भारत महाराष्ट्रका श्री शिव कुमार कृपानन्द श्वामी तीन दिनका लागि नेपाल आउने भएका छन् । यहि मंसिर ७ गते दखि ९ गतेसम्म उनले काठमाणडौको टुंडिखेलमा आयोजना हुने कार्यक्रममा नेपालमा रहेका आफ्ना भक्ताजनहरुलाई ज्ञान बाँड्ने बताइएको छ ।

नेपालमा आएर आफूले ज्ञान पाएको कारणले गर्दा नै उनले नेपालमा आएर ज्ञान बाँड्ने कार्यक्रम गर्न लागिएको आयोजक समर्पण ट्रष्टले बताएको छ । भारतमा शिक्षा ग्रहण गरिसकेर उनले कलकत्तामा जागिर खाने काम गरे ।

घर परिवारको समस्याका कारण केहि समय घरायसि जीवन बिताएका उनले भारतमा नै शिक्षा ग्रहण गरे पनि नेपालका हिमाल र गुफाहरुमा आफुले तपस्या गरेर अध्यात्म ज्ञान पाएको कारणले गर्दा नै नेपालमा आएर ज्ञान बाँड्न चाहेको निकट श्रोतले बताएको छ ।

कार्यक्रम मंसिर ७,८ र ९ गते विहान ६ देखि ९ः३० सम्म चल्ने आयोक समपर्ण ट्रष्टले बताएको छ । कार्यक्रममा ध्यान, योग र आध्यात्मको बारेमा ज्ञान बाँडिने छ ।

 

Logo