एजेन्सी । भारतीय अभिनेत्री चाहत खन्नाले आफ्ना श्रीमानमाथि यौन शोषणको आरोप लगाएकी छन् । टेलीसिरियल ‘बड़े अच्छे लगते हैं’ की चर्चित अभिनेत्री खन्नाले आफ्ना श्रीमानलार्इ यौन शोषणको आरोप लगाउँदै डिभोर्सको लागि निवेदन दिएकी छन् । "/>

भारतीय अभिनेत्री भन्छिन्, ‘श्रीमानले यौन शोषण गरे, डिभोर्स दिन्छु’

भारतीय अभिनेत्री भन्छिन्, ‘श्रीमानले यौन शोषण गरे, डिभोर्स दिन्छु’


एजेन्सी । भारतीय अभिनेत्री चाहत खन्नाले आफ्ना श्रीमानमाथि यौन शोषणको आरोप लगाएकी छन् । टेलीसिरियल ‘बड़े अच्छे लगते हैं’ की चर्चित अभिनेत्री खन्नाले आफ्ना श्रीमानलार्इ यौन शोषणको आरोप लगाउँदै डिभोर्सको लागि निवेदन दिएकी छन् । चाहतले श्रीमान फरहान मिर्जाविरुद्ध शारीरिक, मानसिक यातना तथा यौन शोषणको आरोप लगाउँदै डिभोर्सका लागि उजुरी दिएकी हुन्।

चाहत र फरहानले सन् २०१३ मा विवाह गरेका थिए। उनीहरूका दुई छोरी समेत छन्। कयौं पटक आफूलाई यौन शोषण गर्नुका साथै शारीरिक, मानसिक यातना दिएकाले नै आफू श्रीमानसँग अलग हुने निर्णयमा पुगेको चाहतले बताएकी छन् ।

उनले फरहानमाथि विरामी भएका बेला समेत सम्बन्ध राख्न दबाब दिने गरेको आरोप लगाएकी छन् । आफूले बच्चाका कारण यो सबै सहँदै आएको र यो घरेलु हिंसाभन्दा पनि माथि भएका कारण छुट्टिने फैसला गरेको बताइन्। उनले भनेकी छन्, ‘यो फैसला मैले रातारात गरेकी होइन्। म कुनै पनि मूल्यमा सम्बन्ध बिच्छेद गर्न चाहन्छु।’

 

Skip This
Logo