लगातार दोस्रो जितसँगै संकटा तेस्रो स्थानमा

लगातार दोस्रो जितसँगै संकटा तेस्रो स्थानमा


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा जावलाखेल यूथ क्लबमाथि संकटा क्लबले उत्कृष्ट जित हासिल गरेको छ।

दश खेलाडीमा सीमित संकटाले दोश्रो हाफमा दोश्रो हाफमा जितका लागि अंक दर्ता गरेका हुन् ।  खेलको १८अौं मिनेटमा विदेशी खेलाडी म्याक्सवेल एलोनले रातो कार्ड खाएर बाहिरिएको थियो । 

 सुभाष गुरुङको पासमा सेड्रिक एबाले ५८अौं मिनेटमा डी बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै संकटालार्इ सुरुवाती अग्रता दिलाएका थिए।यस्तै ८५अौं मिनेटमा एबाले नै दोस्रो गोल गरेका हुन्। 

यो खेलको म्यान अफ द म्याच बने एबा  । लगातार दोस्रो जितसँगै संकटा तेस्रो स्थानमा उक्लिएको छ। संकटाले पहिलो खेलमा सरस्वती यूवा क्लबलार्इ पराजित गरेको थियो। 

Logo