भाडाको ट्याक्सी पछि काठमाण्डौ उपत्यकामा सञ्चालित माईक्रोबस चालक र सहचालकले पनि सनिबार देखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ । "/>

माईक्रो बसका चालक र सहचालकलाई ड्रेस किन छ अनिवार्य ? (भिडियोसहित)

माईक्रो बसका चालक र सहचालकलाई ड्रेस किन छ अनिवार्य ? (भिडियोसहित)


भाडाको ट्याक्सी पछि काठमाण्डौ उपत्यकामा सञ्चालित माईक्रोबस चालक र सहचालकले पनि सनिबार देखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ ।
सनिबार राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुमार पन्तले माईक्रोबसका चालक र सहचालक लाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरि यस अभियानको सुरुवात गरेका हुन् ।

चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट छ । एक साता सम्म ज्याकेट लगाउनुपर्ने बारेमा सचेतनामुलक कार्यक्रम संञ्चालन गरिने र त्यसपछि ज्याकेट नलगाउनेलाई कारवाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिचान सहितको ज्याकेट लगाउनाले एक रुपता ल्याउनुको साथै सेवाग्राहीको सुरक्षालाई पनि चुस्त राख्ने विश्वास व्यक्त गरे । यसले अनुसासित पनि बनाउने उनले बताए ।

ठुला सवारीसाधनका चालक तथा सहचालकलाई समेत ड्रेस कोडको व्यवस्था गर्नुको साथै ट्याक्सी र माईक्रोबसका चालकको ड्रेसकोडलाई राजधानी बाहिर पनि लैजाने तयारी भईरहेको छ ।

Logo