काठमाडौँ

भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । "/>

अनुमति नलिई नेपाली भूमिमा बाटो बनाउँदै भारत

अनुमति नलिई नेपाली भूमिमा बाटो बनाउँदै भारत


काठमाडौँ

भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण भइरहेको छ ।

त्यहाँको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ घोरेटो बाटो निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए ।

‘भारतीय क्षेत्रमै आवतजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सजिलो भएकाले बाटो बनाइरहेका छौँ,’ विष्टले भने । भारतीय लोक निर्माण विभाग पिथौरागढ अन्तर्गत सडक निर्माण भइरहेको छ । त्यही विभागको निर्देशन अनुसार नेपाली क्षेत्रमा पनि घोरेटो बाटो बनिरहेको विष्टको भनाइ छ । उनका अनुसार तम्बाकुदेखि थिङभिरको फेदसम्म साढे दुई किलोमिटर बाटो बनिरहेको छ ।

स्थानीय बासिन्दाले विरोध गरे पनि नेपालीलाई पनि आवतजावत सहज हुने बताउँदै भारतीय अधिकारीहरूले बाटो बनाइरहेका छन् । ‘हामीलाई मात्रै होइन, नेपालीलाई पनि सजिलो हुन्छ भनेर धमाधम काम गरिरहेका छन्,’ स्थानीय बासिन्दा नरेश धामीले भने  ।

बाटो निर्माणका लागि भारतीय पक्षले अनुमति नलिएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पुल निर्माणका लागि अनुमति लिएको हो, बाटो निर्माणका लागि अनुमति लिएको छैन,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले भने ।
नयाँ पत्रिकाबाट

Logo