विराटनगर

पेट्रोल लोड गरेको ट्यांकर लिएर नेपालतर्फ आउँदै गरेका एक नेपाली ट्यांकर चालक माथि भारतको जोगवनी बजारमा भारतीय प्रहरीले शनिबार कुटपिट गरेका छन् । "/>

भारतीय प्रहरीले ट्यांकर चालक कुटेपछि इन्धन ढुवानी ठप्प

भारतीय प्रहरीले ट्यांकर चालक कुटेपछि इन्धन ढुवानी ठप्प


विराटनगर

पेट्रोल लोड गरेको ट्यांकर लिएर नेपालतर्फ आउँदै गरेका एक नेपाली ट्यांकर चालक माथि भारतको जोगवनी बजारमा भारतीय प्रहरीले शनिबार कुटपिट गरेका छन् ।

भारतको बरौनीबाट पेट्रोल लोड गरेर आउँदै गर्दा को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमार माथि बिहान ४ बजे कुटपिट भएको चालकले बताएका छन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्यका अनुसार त्यहाँ रहेका अन्य सवारी साधनलाई ‘ओभरटेक’ गरेको भन्दै ट्यांकर चालकलाई बाहिर निकालेर दुर्व्यवहार गर्दै कुटपिट गरिएको हो । आचार्यले बरौनीबाट पेट्रोल लोड गरेर आएपछि जोगवनी स्थित भारतीय भन्सार कार्यालयमा चेकजाँचका लागि जाने क्रममा नेपाली चालक माथि भारतीय सुरक्षाकर्मीले कुटपिट गरेको जानकारी दिए ।

‘जोगवनीमा सवारी साधनको जाम रहेछ । जाम छिचोल्न अरु सवारीलाई उछिनेर अघि बढ्न खोजेको निहुँमा चालक माथि कुटपिट भयो,’ उनले भने, ‘ट्यांकरबाट ओरालेर लाट्ठी र मुक्काले हानियो । कुटपिटका कारण शरीर भरी निलडाम रहेका छन् ।’

कुटपिटको विरोधमा नेपाली ट्यांकर चालकहरुले भारत देखि हुने पेट्रोल, डिजेल समेतका इन्धनको ढुवानी शनिबार बिहानैबाट ठप्प पारेका छन् । भारतीय सुरक्षाकर्मीले चालक माथि कुटपिट गरे लगत्तै विरोध र आन्दोलनमा उत्रिएका चालकले इन्धन ढुवानी रोकेका हुन् । आक्रोसित बनेका चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनु पर्ने, नेपाली ट्यांकर चालक माथिको दुर्व्यवहार रोकिनु पर्ने, चालकको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने, जतिबेलै जाम भइरहेको सडकको विकल्प खोजिनु पर्ने लगायतका माग राखेका छन् ।
अन्नपूर्णबाट

Logo