काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह सर्वसाधारणसँग सामूहिक पूजामा सहभागी भएकी छन् । ललितपुरको सानेपा स्थित बागमती नदी किनारमा ज्ञानमाला भजन खलले आयोजना गरेको आर्यतारा व्रत समारोहमा सरिक भएकी हुन् । "/>

जब हिमानी हरियो पहिरनमा सर्वसाधारणसँगै पूजामा सरिक भइन्

जब हिमानी हरियो पहिरनमा सर्वसाधारणसँगै पूजामा सरिक भइन्


काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह सर्वसाधारणसँग सामूहिक पूजामा सहभागी भएकी छन् । ललितपुरको सानेपा स्थित बागमती नदी किनारमा ज्ञानमाला भजन खलले आयोजना गरेको आर्यतारा व्रत समारोहमा सरिक भएकी हुन् ।

उक्त वर्त कार्यक्रममा सर्वसाधारणसँगै सरिक भएर पूर्व यज्ञराज्ञी शाहले पूजाअर्चना गरेकी हुन् । पूजामा काठमाडौँ उपत्यकाका ६ सय ५० भन्दा बढी बौद्ध धर्मालम्बीहरु सहभागी भएका थिए ।

पूजामा सहभागी हुनेहरुले हरियो पहिरन लगाउनुपर्ने भएका कारण हिमानी पनि हरियो परिहनमा सजिएकी थिइन् । त्यहाँ पूजा सामाग्री पनि हरियो राखिएको थियो । जुन परम्परा नै हो । यो व्रत र पूजा गर्नाले मानव जीवन विभिन्न भयहरु बाट मुक्त हुने र परिवारमा सुख शान्ति कायम रहने जनविश्वास रहिआएको छ ।

Logo