काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ-मस्र्याङ्दीले लगातार दोश्रो जित हात पारेको छ ।

आज भएको खेलमा मनाङले एनआरटीलाई पराजित गरेको हो । "/>

ए डिभिजन लिग: मनाङको लगातार दोश्रो जित

ए डिभिजन लिग: मनाङको लगातार दोश्रो जित


काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ-मस्र्याङ्दीले लगातार दोश्रो जित हात पारेको छ ।

आज भएको खेलमा मनाङले एनआरटीलाई पराजित गरेको हो । शनिबारदेखि सुरु दोस्रो चरणको पहिलो खेलमा मनाङले २–० को जित निकालेको हो। पहिलो हाफमै मनाङले २–० को अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन ।

खेलको १७ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा मनाङका विदेशी खेलाडी ओलावाले दोस्रो गोल गरेका थिए। 

प्रतियोगिता अन्तर्गत अहिले आर्मी र च्यासल क्लब खेलिरहेको छ ।

Logo