काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका ५ विषुनटोल स्थायी घर भएका पवन गिरी यतिबेला निकै चर्चामा छन् । नेपाल आइडल सिजन २ को उपाधी उचाल्ने होडमा रहेका पवन सानैदेखि परिवारसँगै काठमाडौँ बस्दै आएका थिए । "/>

पवन गिरीका बाबुको दाबी ‘नेपाल आइडल सिजन २ मेरै छोरोले जित्छ’ (भिडियो)

पवन गिरीका बाबुको दाबी ‘नेपाल आइडल सिजन २ मेरै छोरोले जित्छ’ (भिडियो)


काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका ५ विषुनटोल स्थायी घर भएका पवन गिरी यतिबेला निकै चर्चामा छन् । नेपाल आइडल सिजन २ को उपाधी उचाल्ने होडमा रहेका पवन सानैदेखि परिवारसँगै काठमाडौँ बस्दै आएका थिए ।

हाल काठमाडौँस्थित शंकरदेव क्याम्पसमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छन् । उनी करिव साँढे २ वर्षदेखि संगितमा सक्रिय छन् । द लाईट व्याण्डमा आवद्ध गिरी काठमाडौँको ठमेलस्थित विभिन्न बारमा लाईभ सो गर्दै आएका छन् ।

गिरीका बुबा भिम बहादुर गिरी काठमाडौंकै आरआर क्याम्पसमा गार्डको रुपमा काम गर्दै आएका छन् । सामान्य परिवारमा जन्मेका गिरीको सानैदेखि गीत संगितमा रुची राख्दै आएको बाबुको भनाई छ । नेपाल आइडलको सिजन २ आफ्नै छोराले जित्नेमा उनको विश्वास रहेको छ । उनी दाबीका साथ भन्छन्, ‘नेपाल आइडल सिजन २ को उपाधी त मेरै छोरोले जित्छ ।’

३ जना दिदीबहिनी र दुई दाजुभाई मध्ये कान्छो छोरा रहेका गिरी कामको खोजीमा भौतारिँदा भौँतारिँदै अन्योलकै बिच संगितमा लागेका हुन् । साथीकै सल्लाहमा नेपाल आईडलमा गएका गिरी यहाँसम्म आईपुगेका छन् ।

Skip This
Logo