हरेक महिलाको लागि आमा बन्नु खुशीको कुरा हो । तर, कतिपय अवस्थामा चाहँदा चाहँदै पनि आमा बन्नु सम्भव छैन् । पटक पटक ‘मिसक्यारेज’ हुनु बाझोपनको संकेत पनि हो । "/>

किन हुन्छ पटक पटक गर्भपात ?

किन हुन्छ पटक पटक गर्भपात ?


हरेक महिलाको लागि आमा बन्नु खुशीको कुरा हो । तर, कतिपय अवस्थामा चाहँदा चाहँदै पनि आमा बन्नु सम्भव छैन् । पटक पटक ‘मिसक्यारेज’ हुनु बाझोपनको संकेत पनि हो ।

२८ हप्ताभन्दा अगाडि गर्भमा भएको भ्रूण असामन्य तरिकाले बाहिर निस्कने प्रक्रियालाई गर्भपात भनिन्छ । यस्तो अवस्थामा गर्भ आफै स्वतः बाहिर निस्कन्छ। जसमा गर्भमा रहेको भ्रूण जन्मनु अघि नै प्राकृतिक रुपमा मृत्यु हुन्छ ।

मिसक्यारेज ( गर्भपात) खासगरी गर्भावस्थाको २० हप्ताभन्दा पहिले हुन्छ । गर्भावस्थाको प्रथम चरण (२०दिन) मा महिलाहरुलाई गर्भवती भएको थाहा हुँदैन् र ध्यान नदिएको कारण गर्भपात हुन्छ । पहिलो तीन महिनामा हुने अधिकांश गर्भपात भ्रूणको असामन्यताको कारण हुन्छ । दोस्रो तीन महिनामा हुने गर्भपात गर्भवती महिलामा हुने आघातको कारण हुन्छ ।

सामान्यतः गर्भपात मेडिकल कारणले हुन्छ । आनुवाशिंक कारण, प्लासेन्टा (साल) कोस्थिती, योनीमा निरन्तर संक्रमण, मधुमेहको कारण हुने संक्रमण, गलत औषधिको प्रयोग आदि । पहिलो ट्राइमेस्टर (गर्भावस्थाको पहिलो तीन महिनाको अवधी) मा हुने ९० प्रतिशत गर्भपात वशांनुगत कारण नै हुन्छ । धेरै काम गर्ने, उफ्रने, दौडने, नाच्ने र एउटा बच्चापछि चाँडै अर्को बच्चा जन्माउँदा गर्भपात हुने खतरा बढी हुन्छ ।

गर्भपातको मुख्य कारण

२० बर्षभन्दा कम र ४० बर्षभन्दा बढी उमेर भएको महिलालाई गर्भपात हुने खतरा २० गुणा बढी हुन्छ । यदी महिलालाई पहिला नै गर्भपात भएको छ भने अर्कोपल्ट गर्भ बस्दा गर्भपात हुने खतरा बढी हुन्छ ।

जुन महिलालाई मधुमेह, हाइपोथाइराइडज्म वा कुनै प्रकारको अन्य रोगबाट पीडित छन् भने यस्तो स्थितीमा पनि गर्भपात हुने खतरा बढ्छ ।
स्टमिक एरिथ्रोमेटस लुपस, गर्भाशयको फाइब्राइड या इन्डोमेट्रोसिस, पोलिस्टिक ओभरीयन सिन्ड्रोम, पोस्ट ट्रमा डिसर्डर, रुबेला हर्पस जस्ता रोगले गर्भपात हुने जोखिम बढाउँछ । शरिरमा हर्मोन अचानक गिरावट हुँदा गर्भपात हुन सक्छ । अल्कोहल, कैफिन, सिगरेटको अत्याधिक सेवन पनि गर्भपातको कारण बन्न सक्छ ।

लक्षण

– गर्भपातको धेरै प्रकारको लक्षण देखिन्छ । लक्षण हरेक महिलालाई एकैनासको नहुन पनि सक्छ । गर्भपातको लक्षणमा एउटा हो ‘भजाइनल डिस्चार्ज’ । ब्राउन रंगको या रातो रंगको ब्लड केही दिनसम्म पनि जान सक्छ । तर, गर्भावस्थाको पहिलो तीन महिनासम्म हल्का ‘भजाइनल ब्लीडिङ’ हुनु सामन्य हो ।

–धेरैजसो महिलाहरुलाई गर्भावस्थामा महिनावारीको समयमा जस्तो ढाडको दुखाई हुन्छ र दुखाई झन बढ्दै जान्छ । गर्भावस्थाको दौरान तल्लो पेट दुख्नु पनि एक गर्भपात हुने लक्षण हो ।

–गर्भावस्थाको सुरुवाती चरणमा पेटमा संकुचन महसुस हुन्छ । यदि संकुचन छिटो छिटो बढेमा वा सहन मुस्किल भएमा गर्भापात हुन सक्छ । संकुचन लगभग पाँच देखि बीस मिनेटको दौरानमा हुन्छ । यस्तो संकुचन प्रसवको क्रममा हुन्छ । पहिलो तीन महिनामा यस्तो संकुचन भएमा वेवास्ता गर्नु हुँदैन् ।

–यदि गर्भावस्थाको समयमा तौल अचानक घट्न थाल्यो भने सचेत हुनु जरुरी हुन्छ । यो पनि गर्भपातको एक लक्षण हो ।

बच्ने उपाय

–२० बर्षभन्दा कम र ४० बर्षभन्दा बढी उमेरको महिला आमा बन्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुपर्छ ।

–दिर्घ रोग जस्तैः–मधुमेय, उच्च रक्तचाप तथा अन्य रोग भएका महिलाले डाक्टरको सल्लाह लिनुपर्छ ।

–गर्भापात हुने शंका लागेमा जाँच गर्नु पर्छ । गर्भाशयको जाँच गरेर त्यसको आकार र सर्भिक्स (पाठेघरको मुख) खुल्ला छ वा बन्द छ भनेर थाहा हुन्छ । गर्भपात हुन लागेको भए सर्भिक्स खुल्ला हुन्छ र धेरैबेरसम्म भ्रूण जिवित रहन सक्दैन र गर्भपात हुन्छ ।

–रगतको जाँच गर्दा रगतको प्रकार र मानव क्रोनिक गोनाएडो ट्रओपिन ( बीटा एचसीजी) को जाँच गर्नुपर्छ । जव तपाई गर्भवती हुनुहुन्छ भने एक हर्मोन प्लासेन्टाबाट शरिरमा हुन्छ । यदि तपाईको सिस्टममा हर्मोनको मात्रा कम छ भने यो एक संकेत हो गर्भपात हुने ।

–अल्ट्रासाउन्डबाट भ्रूणको मुटुको धड्कन या भ्रूणको मृत्यु भइसकेको छ वा छैन थाहा पाउन सकिन्छ ।

–यदि तपाईको योनीबाट तरल पदार्थ बगेमा त्यसलाई ग्लास या प्लाष्टिकको बट्टामा बन्द गरेर डाक्टरकोमा जँचाउन लैजान सकिन्छ । उक्त परिक्षणबाट पत्ता लगाउन सजिलो हुन्छ ।

Skip This
Logo