काठमाडौं । दोस्रो पटक बलियो सरकारको प्रधानमन्त्रीमा शपथ लिएलगत्तै केपी शर्मा ओलीले सानो र कामकाजी निजी सचिवालय बनाउने निर्णय गरे । "/>

टिम ओलीः खन्चुवा खेलाडी, नतिजा शून्य

टिम ओलीः खन्चुवा खेलाडी, नतिजा शून्य


काठमाडौं । दोस्रो पटक बलियो सरकारको प्रधानमन्त्रीमा शपथ लिएलगत्तै केपी शर्मा ओलीले सानो र कामकाजी निजी सचिवालय बनाउने निर्णय गरे । ओली प्रधानमन्त्री भएपछि केही दिन बालुवाटार र सिंहदवार ओहोरदोहोर गरिरहने ‘पछुवा’ हरु किनारा लागे ।

ओली प्रधानमन्त्री भएको दुई सातासम्म पनि कुनै जिम्मेवारी नपाएकाहरु सार्वजनिक कार्यक्रममा गएर सचिवालयमा रहिरहेको सन्देश दिन्थे । सचिवालयमा लामो समयसम्म रहेका ईन्द्र भण्डारीदेखि छोटो समयमै ओलीसँग रहेर चुरीफुरी गर्ने अनिश दाहाल, रमेश आचार्य, रमेश भट्टराईसम्म साइड लागे । तर, बालुवाटारमा पुगेर उनीहरुले सचिवालयमा नै रहेको देखाइरहन्थे/देखाइरहन्छन् ।

ओलीले भण्डारी, दाहाल, भट्टराई र आचार्यमात्र होइन सचिवालयमा रहन धाउने पिताम्बर तिमिल्सना, राजन भट्टराईसम्मलाई दूरीमा नै राखे । तर, उनीहरुले प्रधानमन्त्रीको टिममा रहन अनेक प्रयत्न गर्न छाडेनन् ।

‘भट्टराई र तिम्सिनाबाहेकलाई बालुवाटार प्रवेश सहज थिएन,’ बालुवाटार स्रोतको भनाइ छ । भट्टराई भने विदेश मामिलामा सल्लाह दिने निर्विकल्प पात्र हुन् भने खेल क्षेत्रको जिम्मा तिम्लिसनाले नै लिएका थिए ।

मन्त्रिपरिषदका सूचना समय लगाएरमात्रै दिने पद्धति सुरु गर्न लागेकै दिन भट्टराई परराष्ट्र सल्लाहकार भए भने ओलीको निजी सचिवालयमा झण्डै अढाई वर्षपछि भण्डारीको आगमन भएको छ ।

प्रधानमन्त्री भएको ९ महिना पुग्न लाग्दासम्म रोकिएका भट्टराई भने अवैतनिक सल्लाहकारकै रुपमा काम गरिरहेका थिए । मुख्य सल्लाहकार विष्णु रिमालसँगको सहज सम्बन्धले राजनलाई नियुक्ति दिलाउन सहज भएको जानकारहरुको भनाइ छ । तर, रिमाल भण्डारीलाई भने रोक्न चाहन्थे । भण्डारीले भने ओलीलाई आवाश्यकतावोध गराएरै मुख्य स्वकीय सचिव बनेका छन् ।

ओलीसँगको जिल्लाको सम्बन्धमा रिमालले प्रभावित बनाएपछि भण्डारीको पुनरागमन भएको हो । जिल्लाका पुराना नेताहरुलाई भेट्न नदिने तर स्वार्थ समूहलाई रिमालले बाटो सहज बनाएपछि ओलीले भण्डारीलाई पुनः प्रवेश दिएका छन् ।

रिमाल प्रवृत्तिको झापासहित पूर्वका धेरै नेताहरुले ओलीसँग आलोचना गरिसकेका छन् । प्रधानमन्त्रीले रिमाललाई यही विषयमा सचेत गराइसकेको स्रोतको दाबी छ । ओलीको अहिलेको निजी सचिवालयमा नयाँ प्रवेश भएको छैन । ससुरालीतिरका आफन्त राजेश बज्राचार्यदेखि अहिले थपिएका भण्डारीसम्म पुरानै अनुहार छन् ।

प्रधानमन्त्रीको पहिलो कार्यकालमा सचिवालयमा रहेका अधिकांश दोहोरिए पनि ओली टिमको ‘पर्फमेन्स’ शुन्य छ । निजी सचिवालय सल्लाहकारदेखि सञ्चार समूहसमेत अनुदार छ । पार्टीभन्दा पनि गुटमा हाबी भएकाहरु प्रधानमन्त्रीको सचिवालयमा छन् ।

प्रमुख सल्लाहकार रिमाल ओली टिमका फरवार्ड हुन् । तर, रिमालको व्यवहारले पार्टी नेता कार्यकर्तादेखि मिडियासम्म इरिटेट भएका छन् । आन्तरिक भेटघाट र समय व्यवस्थापनसम्ममा उनी चुकेका छन् । भण्डारीलाई सचिवालयमा रोक्नेदेखि आवश्यक नै नभएको पदमाअस्गर ओलीलाई अवैतनिक सल्लाहकार बनाउने भूमिका रिमालले खेलेका छन् ।

झापा आन्दोलनका योद्धाहरुलाई प्रधानमन्त्रीलाई भेट्नसम्म नदिएको, बद्रि पंगेनीलगायत चुनावमा खटिएका कलाकर्मी र पत्रकारलाई ‘ह्यारेस’ गरेको उनीमाथि आरोप छ । पार्टी संगठनमा खासै काम नगरेका बज्राचार्यको गति सुस्त छ । उनले प्रधानमन्त्रीको भेटघाट मिलाउनेदेखि आन्तरिक व्यवस्थापनको हैसियत राख्दैनन् । तर, दायाँबायाँमा खासै रुचि नराख्ने निकतवर्तीहरुको भनाइ छ ।

भण्डारी ओलीसँग लामो समय सँगै रहेका छन् । ओलीको सचिवालयमा रहेर राम्रो स्टाटस बनाएका भण्डारीको पार्टीका नेताहरुलाई ट्रिट गर्ने बानी भने राम्रो छ । जनसम्पर्क सल्लाहकार अच्युत मैनाली ओलीका पुराना निकट नेता हुन् । स्वच्छ छविका मैलानीको भूमिका रिमालले नै निभाएका छन् । उनी केवल जागिर खान्छन्, सरकारी गाडी चढ्छन् ।

दीपेन्द्र दाहाल, होम थापा र रमेश भट्टराई पनि ओलीका पुरानै सहयोगी हुन् । अस्गर अली ईसेवाका संस्थापक हुन् । सूचना प्रविधि सल्लाहकार रहेका उनले सरकारी सेवासुविधा लिंदैनन् । तर, सूचना प्रविधिमा गर्ने विभिन्न फन्डाहरुमा रिमालले अलीलाई प्रयोग गर्दछन् । अलीजस्तै किरण माली, मनोज पाण्डे र महेन्द्र श्रेष्ठ अवैतनिक सल्लाहकार छन् ।

प्रधानमन्त्रीको सञ्चार टिम पनि व्यवस्थित छैन । कुन्दन अर्यालले नेतृत्व गरेको सञ्चार टिममा पनि रिमाल नै हावी छन् । अर्याल आफैं ‘एटिट्युट’ समस्या भएका व्यक्ति हुन् । नयाँ पत्रकारसँग उनको हाइहेलोमात्रै होइन, चिनजानसम्म छैन । उनी प्रधानमन्त्रीसँग अन्तरंग सम्वाद गर्ने हैसियत राख्दैनन् । प्रेस टिममा रहेका रामशरण बजगाईं र चेतन अधिकारीको अह्राएको कामबाहेक गर्न सक्ने अवस्थामा छैनन् ।

रामशरणले सोसल मिडिया हेर्छन्, अधिकारीले प्रधानमन्त्रीका समाचार बनाउने गरेका छन् । बरु फोटोपत्रकार कृष्ण पौडेलको काम राम्रो छ । प्रधानमन्त्रीले परम्परागत गुटलाई नै सचिवालयको जिम्मा दिंदा समग्र पार्टी र अझ एकताबाट आएको माओवादी तप्काले भने अपनत्व महसुस गरेका छैनन् ।

 

 

 

 

Logo