एक वर्ष अगाडि भएको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको राप्रपामा केही समयपछि नै एकताको अध्याय सुरु भयो । चुनावका मुखमा तीन टुक्रा भएको राप्रपाले प्रतिनिधिसभामा मात्रै एक सिट जित्यो । "/>

साना पार्टीमा झगडा नै झगडा

साना पार्टीमा झगडा नै झगडा


एक वर्ष अगाडि भएको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको राप्रपामा केही समयपछि नै एकताको अध्याय सुरु भयो । चुनावका मुखमा तीन टुक्रा भएको राप्रपाले प्रतिनिधिसभामा मात्रै एक सिट जित्यो ।

झापा– ३ मा तत्कालिन एमाले र माओवादी केन्द्रको समर्थनमा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले बाजी मारे । अध्यक्ष कमल थापाले त कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका लागि छाडिदिएको सिटमा लिङ्देनले गठबन्धन परिवर्तन गरेर चतु¥याईंपूर्वक चुनाव जिते ।

संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रलाई चुनावी भाँडोमात्रै बनाएपछि जनमत खस्किएको राप्रपामा एकीकरणको अध्याय सुरु भए पनि टुंगोमा पुग्न सकेन । कार्यदल बनाएरै एकतातिर गएको राप्रपामा अन्तिममा नेतृत्व विवाद नमिलेपछि थन्किएको छ ।

एकतामा एक नभएपछि नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा राष्ट्रवादीका प्रकाशचन्द्र लोहनीले राप्रपा अध्यक्ष कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् । थापा भने राणा र लोहनीको आरोपमा सत्यता नभएको दाबी गर्दछन् ।

राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनको समय माग्दा थापाले नमानेको जिकिर गरेका हुन् । लोहनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापा नमानेको राणाले बताए ।

राणाले कमल थापाको ‘तातै खाउँ जल्दै मरौँ’ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए । तीनवटै राप्रपा एकताका लागि आफू अझै पनि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने बताए ।

एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो लागेको थिएन । कमल थापाले पार्टीको नाम, चुनाव चिन्ह र झण्डा राप्रपा नेपालकै कायम राख्नुपर्ने अडान राखेका थिए ।

राणा र लोहनीले गाईलाई चुनाव चिन्ह मान्न नसक्ने अडान लिएका थिए । एकीकृत पार्टीले गणतन्त्र मान्ने कि नमान्ने विषयमा पनि फर्मुला तयार भइसकेको भन्दै राणाले उक्त फर्मुला भने अहिले सार्वजनिक नगर्ने बताए । तीनवटै राप्रपा हिन्दुराष्ट्रको पक्षमा भने एकमत भएका छन् ।

संसदमा तेस्रो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल भने विधानमै अल्मलिएको लामो समय भएको छ । महाधिवेशनपछि अध्यक्ष मण्डल नराख्ने प्रस्ताव अल्पमतमा परेको छ । पार्टी एकता गर्दा भएका ६ जना अध्यक्षले पुनः नेतृत्वको आकांक्षा राखेपछि अध्यक्ष मण्डललाई निरन्तरता दिंदै विवाद मिलाउने प्रयास भएको छ ।

मधेस केन्द्रित ६ दल मिलेर राजपा गठन गर्दा सबै दलका अध्यक्षहरुलाई समेटेर अध्यक्ष मण्डल बनाइएको थियो र महन्थ ठाकुर अध्यक्ष मण्डलका संयोजक थिए । विधान मस्यौदा समितिका सदस्य वृषेशचन्द्र लालले नेताहरुबीच सहमति नहुँदा अध्यक्ष मण्डललाई निरन्तरता दिने तयारी रहेको बताए ।

राजपाले आफ्नो विधान एकात्मक र केन्द्रिकृत बनाएको भन्दै अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरु असन्तुष्ट छन् । उनले प्रदेश समिति गठनसमेतको व्यवस्था नहुनु राम्रो संकेत नभएको बताउने गरेका छन् ।

अध्यक्षमण्डलमा रहेको शक्ति पुनः केन्द्रीकृत भएको भन्दै नेताहरुले प्रदेश, जिल्ला, स्थानीय तह हुँदै वडासम्म बाँड्नुपर्नेमा जोड दिएका छन् । महतोले महाधिवेशनको हलबाटै विधानको टुंगो लगाउनुपर्ने बताउँछन् । तर, ६ वटा दल मिलेर बनेकाले राजपामा व्यवस्थापकीय असजिलाहरु देखाइने गरेको छ ।

राजपामात्र होइन मधेसको अर्को दल संघीय समाजवादी फोरमभित्र पनि असन्तुष्टि चुलिएको छ । अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई एकलौटी गरेको भन्दै एकता प्रक्रियाबाट आएका अशोककुमार राई, रकम चेम्जोङलगायतका नेताहरु निष्क्रिय बसेका छन् ।
राई लामो समयदेखि पार्टीका कार्यक्रममा उपस्थित छैनन् । एकताबाट आएका राजेन्द्रकुमार श्रेष्ठबाहेकका नेता फोरममा सक्रिय छैनन् । अजम्बर काङबाङलगायतका नेताले त पार्टी नै छाडिसकेका छन् ।

Logo