गुल्मी

पछिल्लो समय जिल्लामा हत्या र बलात्कारका घटना बढ्दै गएका छन् । सो घटनाका मूल कारण मदिरा सेवन रहेको प्रहरीले जनाएको छ । "/>

हत्या र बलात्कारका घटनामा वृद्धि : छोरी देखि अपांगता समेत बलात्कृत

हत्या र बलात्कारका घटनामा वृद्धि : छोरी देखि अपांगता समेत बलात्कृत


गुल्मी

पछिल्लो समय जिल्लामा हत्या र बलात्कारका घटना बढ्दै गएका छन् । सो घटनाका मूल कारण मदिरा सेवन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक मदिरा सेवन गरी गुल्मीको मदाने गाउँपालिका–७ पुर्कोटका दुर्गाबहादुर नेपालीले १५ कात्तिकमा पत्नी सीता नेपालीको निर्मम हत्या गरे ।

हत्या आरोपमा बाबु प्रहरी हिरासतमा रहेको र आमाको हत्या भएपछि एक छोरा र तीन छोरीको बिचल्ली भएको छ । ती बालबालिका गाउँपालिकाको सहयोगमा छिमेकीको संरक्षणमा छन् ।

दसैंकै राति गत ३ कात्तिकमा मुसिकोट नगरपालिका–४ वडागाउँका पंकज कुमालले पत्नी लाली कुमालको हत्या गरे । त्यसको कारण पनि मदिरा सेवन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

यस्तै इस्मा गाउँपालिका–६ अम्मरपुरका भुवनबहादुर मुखियाले गत २५ असोजमा पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट गरे । सो घटना पनि अत्याधिक मदिरा सेवनकै कारण भएको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–६ बुल्मचौरकी तिल्ली कुमालले मदिरा सेवनकै झोंकमा गत २४ कात्तिकमा आफ्नै घरमा आगो लगाइन् । मदिराले लट्ठिएका उनी र उनका पति लालबहादुर कुमालबीच झगडा भएपछि पत्नीले घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

छोरीदेखि अपांगता समेत बलात्कृत

जिल्लाको इस्मा गाउँपालिका–५ इस्मा रजस्थलका ३७ वर्षीय एक व्यक्तिले मदिराकै आवेगमा आफ्नै १० वर्षीया छोरीलाई गत २ असोजमा यौन दुव्र्यवहार (अप्राकृतिक मैथुन) गरे । सोही आरोपमा उनी हाल प्रहरी हिरासतमा छन् । त्यसैगरी मदिरा सेवनपछि सोही वडाका ५६ वर्षीय धनबहादुर चुँदाराले गत ७ भदौमा मानसिक सन्तुलन गुमाएकी ३५ वर्षीया युवतीलाई बलात्कार गरे । उनी अहिले कारागारमा छन् ।

इस्मा गाउँपालिका–३ दर्लामचौरका ३६ वर्षीय देवबहादुर सार्कीले पनि नशाकै सुरमा २० वर्षीया युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्दा शाखा प्रमुख प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले बताए । यस्तै सो गाउँपालिका–२ हस्तिचौरका ३९ वर्षीय प्रेमबहादुर कार्कीले गत ११ असारमा ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भए । सो घटनापछि फरार अभियुक्त कार्की हाल जिल्ला कारागार गुल्मीमा छन् ।

बलात्कारका घटनाले आफूलाई समेत लज्जित बनाएकाले गाउँपालिका गम्भीर बन्नुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए । गाउँमा मदिरा सेवन न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वयका लागि छलफल भइरहेको अध्यक्ष विष्टले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीका स्थानीय तहमध्ये इस्मा गाउँपालिकामा अत्यधिक मात्रामा बलात्कार, सामाजिक अपराध र घरेलु हिंसाका घटना भएका छन् । पछिल्लो पाँच महिनामा मात्रै पाँच वटा बलात्कारका घटना इस्मामै भएको जिप्रका गुल्मीका प्रहरी उपरीक्षक बस्नेतले बताए । ‘आफ्नै छोरीदेखि अपांगता भएका महिला र पत्नी समेत बलात्कारमा परेका छन्,’ उनले भने ।
राजधानीबाट

Logo