काठमाडौं

काठमाडौंमा अवैधरुपमा उत्पादन भई बिक्री वितरण भईरहेका बिएमसी मिट मसला र स्याम्पोहरु बरामद गरिएको छ । "/>

स्याम्पु र मसला किन्दै हुनुहुन्छ ? सावधान ! ( भिडियो सहित )

स्याम्पु र मसला किन्दै हुनुहुन्छ ? सावधान ! ( भिडियो सहित )


काठमाडौं

काठमाडौंमा अवैधरुपमा उत्पादन भई बिक्री वितरण भईरहेका बिएमसी मिट मसला र स्याम्पोहरु बरामद गरिएको छ ।

प्रहरीले काठमाडौंको नैकापबाट अत्याधुनिक मेसिनहरु राखि गैरकानुनी रुपमा उत्पादन गरी बजारमा बिक्री भईरहेको ४४ कार्टुन बिएमसी मिट मसला र उत्तिकै परिणाममा स्याम्पोहरु बरामद गरेको हो ।

धादिङ धार्के घर भई हाल नैकाप बस्दै आएका बासु प्रसाद बिडारीले ज्योति सोप एण्ड केमिकल्स इन्डष्ट्रिको नाममा अवैध रुपमा मसला र स्याम्पो उत्पादन गर्दै आएको सूचना पाएपछि मंगलबार सो परिणामको मसलासहितको सामान बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनु भयो ।

प्रहरीले बिडारी र निजको श्रीमति ज्योतिलाई पनि नियन्त्रणमा लिई कालो बजारी ऐन अन्र्तगत कार्वाही प्रक्रिया अघि बढाइएको पनि बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । हेरौं भिडियोमा :

 

Logo