सुनको भाउ सस्तियो

सुनको भाउ सस्तियो


आज सुनको भाउ यो महिनाकै सबै भन्दा सस्तो भएको छ।  कार्तिक एक गते तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक ८ गते सुनको भाउ बढेर  ६ वर्षयताकै महंगो हुन् पुगेको थियो।  उक्त दिन सुनको भाउ तोलाको ६३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसपछि घट्न थालेको सुनको भाउ आज मात्रै ३ सय रुपैयाले सस्तो भएको छ।  आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।

Logo