काठमाडौँ

सरकारले आफूसँग पन्ध्रौं अनशनका क्रममा गरेको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा. गोविन्द केसी १६ औं अनशनको तयारीमा जुटेका छन् । "/>

सोह्रौं अनशनको तयारी गर्दै डा.केसी

सोह्रौं अनशनको तयारी गर्दै डा.केसी


काठमाडौँ

सरकारले आफूसँग पन्ध्रौं अनशनका क्रममा गरेको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा. गोविन्द केसी १६ औं अनशनको तयारीमा जुटेका छन् । सरकार उनीसँग गरेको सहमति कार्यान्वयनमा उदासीन भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी फेरि अनशन बस्न लागेका हुन् ।

सरकारलाई आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरे १६ औं अनशन बस्न बाध्य हुने चेतावनी दिँदै आएका डा. केसी सरकारले झुक्याएको भन्दै अनशन बस्ने तरखरमा रहेको उनी निकट चिकित्सकले बताए ।

सरकारले आफूसँग भएका सम्झौता उल्लंघन गरेको र माफियाका पक्षमा काम गरेको आरोप लगाउँदै आएका डा केसीले सरकारको पछिल्ला गतिविधि प्रति असन्तुष्टि जनाउँदै फेरि अनशन बस्ने ‘मुड’ मा रहेको डा केसीका सहयोगी डा अभिषेकराज सिंहले जानकारी दिए ।

बताइए अनुसार डा केसी बुधबार (आज) पत्रकार सम्मेलन गरेर सरकारलाई सहमति कार्यान्वयनका लागि केही दिनको अल्टिमेटन दिने र कसैलाई स्थान तथा समयको जानकारी नदिई गोप्य रुपमा अनशन सुरु गर्ने मनस्थितिमा छन् ।
नागरिकबाट

Logo