विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले समृद्धि र विकासका लागि भन्दै कठोर ब्रत बसेका छन् । छठ पर्वका अबसरमा मेयर पराजुलीले छैठ माताको कठोर ब्रत लिएका हुन्। "/>

समृद्धि र विकास माग्दै विराटनगरका मेयरले लिए कठोर ब्रत

समृद्धि र विकास माग्दै विराटनगरका मेयरले लिए कठोर ब्रत


विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले समृद्धि र विकासका लागि भन्दै कठोर ब्रत बसेका छन् । छठ पर्वका अबसरमा मेयर पराजुलीले छैठ माताको कठोर ब्रत लिएका हुन्।  

समुन्नत विराटनगर बनाउने परिकल्पना सहित पराजुलीले दण्ड प्रणाम ब्रत लिएका हुन्  । मेयर भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै खोलासम्म पुगेर छैठ माताको ब्रत लिन पुगेका पराजुलीले यो पटक आफ्नो लागि नभएर विराटनगरको समृद्धि र विकासको लागि ब्रत बसेको प्रतिक्रिया दिएका छन् । पराजुलीको यो दण्ड प्रणाम करिव ३ किलो मिटरको दुरी रहने छ ।

छैठ माताको विभिन्न ब्रतहरु मध्ये दण्ड प्रणाम ब्रतलाई सवैभन्दा कठोर ब्रतका रुपमा लिइन्छ । आमा तुलासादेवीले सानैदेखी छैठको ब्रत बसेपछि त्यही प्रेरणाले २५ बर्षको उमेरबाटै आफुले पनि सिको गरेको मेयर पराजुलीले बताए । दण्ड प्रणाम गरेर खोला सम्म पुग्न अत्यन्तै कठिन भएपनि आफुलाई भगवान साक्षात्कार हुने अनुभवले यो विद्यि गर्न सहज भएको उनले स्पस्ट पारे ।

कांग्रेसका महामन्त्री डा.शशांक कोइराला विरामी हुँदा उनले त्यो बेला कोइरालाको स्वास्थय लाभको कामना गर्दै ब्रत बसेको स्मरण गरे । छैठको ब्रत बस्दा आफुले चिताएको र भाकल गरेको कुरा पुरा हुने पराजुलीको विश्वास छ । विगतमा सन्तान प्राप्ती , परिवारको सुख , शान्तिको लागी ब्रत बस्ने पराजुलीको यो पटकको ब्रत विराटनगरको समृद्धि र विकासको लागी हो । नङ्ग, कपाल र शरिर आइतवार नै सफा गरेर उनले ब्रत सुरू गरेका छन । 

उनले आज पानीसम्म नलिई भौकै बसि दण्ड प्रणाम गर्दै सिंघिया खोला जान्छन र अस्ताउदो सूर्यलाई अर्ग दिई पूजा गर्छन । वुद्यवार विहान उदाउदो सूर्यलाई अर्ग दिएर ब्रत समापन गर्दछन । मेयर पराजुलीले दण्ड प्रणाम गर्दै खोला पुगेको यो १५ औ पटक हो ।

यो बिधिबाट ब्रत बसेकाले जमिनमा शरिर पुरै सुताएर हातले चिनो लगाउदै खोलासम्मको यात्रा तय गर्नुपर्दछ । आफ्नै घर अगाढीको पञ्चयांङ्ग मन्दिरबाट उनले मंगलवार दिउसो साढे १२ बजे यो यात्रा तय गरेका छन्  । यो विद्यिबाट सिंघिया खोला पुग्न उनलाई करिव ४ घन्टा लाग्छ ।

उनलाई सहयोग गर्न भतिज प्रमिष पनि सँगै जादैछन । प्रमिषले पनि यो सहित ३ पटक यो विद्यि पुरा गर्नेछन । माछा , मासु , लसुन , प्याज , मदिरा सेवन नगर्ने अत्यन्तै धार्मिक तथा सात्वीक पराजुली एकादशी, पूर्णिमा ,तीजको ब्रत पनि लिन्छन । यस्तै प्रत्येक मंगलवार उनी ब्रत बस्छन । कृष्णजन्माष्टमी , शिवरात्री, ठूलो एकादशी लगायतका पर्वमा उनी ब्रत बस्ने गर्दछन ।

Skip This
Logo