सुदूरपश्चिमका सामाजिक विकासमन्त्री बर्खास्त

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री बर्खास्त


सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दिर्घ सोडारी बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई पदमुक्त गरेका हुन् ।

मन्त्री सोडारीलाई आन्तरिक विवादका कारण हटाईएको मुख्यमत्रीको सचिवालयले जनाएको छ । बर्खास्तीमा परेका सोडारीले भने पार्टीको गुटबन्दीका कारण आफूलाई मन्त्रीबाट हटाइएको आरोप लगाएका छन् । सोडारी एमालेका कैलाली जिल्ला अध्यक्ष समेत हुन् । 

सोडारी बर्खास्त हुने मन्त्रीको दोस्रो नम्बरमा परेका छन् । यसअघि तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापीतलाई पनि मुख्यमन्त्री डोरमणी पौडेलले बर्खास्त गरेका थिए ।

Logo