दाङमा टिप्परले एक मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन्।

घोराहीबाट–तुल्सीपुर तर्फ जाँदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले सोहि दिशातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नं १६ निवासी ४० बर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । "/>

रोकिएन टिप्पर आतंक, फेरि एक जनाको लियो ज्यान

रोकिएन टिप्पर आतंक, फेरि एक जनाको लियो ज्यान


दाङमा टिप्परले एक मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन्।

घोराहीबाट–तुल्सीपुर तर्फ जाँदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले सोहि दिशातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नं १६ निवासी ४० बर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाईकल चालक ३५ वर्षीय तेजबहादुर गिरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मोटरसाईकल चालक गिरीको अहिले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

आज मध्यान्हः १२ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको टिप्परले एकैदिशा तर्फ जाँदै गरेको मोटरसाईकललाई घोराही १६ राउतगाउँ चोकमा ठक्कर दिएको हो ।मोटरसाइकलले ओभरटेक गर्न खोज्दा उक्त घट्ना घट्न पुगेको टिप्पर चालकले प्रहरी समक्ष बताएका छन् ।

Logo