मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त गरिएको छ ।   हास्य कलाकार हरिवंश आचार्यको जन्मदिनको अवसर पारेर काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा यस चलचित्रको शुभ मुहूर्त गरिएको हो । "/>

हरिवंशको जन्मदिनमा ‘दाल भात तरकारी’ को शुभ मुहूर्त

हरिवंशको जन्मदिनमा ‘दाल भात तरकारी’ को शुभ मुहूर्त


मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त गरिएको छ ।  हास्य कलाकार हरिवंश आचार्यको जन्मदिनको अवसर पारेर काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा यस चलचित्रको शुभ मुहूर्त गरिएको हो ।

चलचित्रको शुभ मुहुर्तमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, कलाकारहरु जितु नेपाल, दीपकराज गिरी, निर्मल शर्मा, सन्दिप क्षेत्री, आंचल शर्मा, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल लगायतका कलाकारहरु सहभागी थिए । चलचित्रको शुभ मुहुर्त कार्यक्रमममा कलाकार हरिबंशको जन्मदिनको केक पनि काटिएको थियो ।

कार्यक्रममा सहभागी कलाकारहरुले हरिबंशलाई जन्मदिनको शुभकामना दिएका थिए। शुभकामना दिने क्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले दाइ, भाइ, साथी, गुरु जे भने पनि आफ्नो लागि हरिबंश नै सबथोक भएको बताए। कलाकार श्रेष्ठले जीबनमा सफल हुनलाई घनिष्ट साथी र श्रीमती चाहिने बताए। 

चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भूषाल, विल्शन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहनेछ । सुदन केसीको निर्माणमा बन्न लागेको यस चलचित्र आगामी बैशाख १३ गतेबाट प्रर्दशनमा आउने छ ।

Logo