बलिउडका चर्चित अभिनेता आमिर खान अभिनित फिल्म ‘गजनी’, ‘थ्री इडिएट्स’, ‘दंगल’ लगायतका फिल्मलाई दर्शकहरुले यति धेरै रुचाए कि यी फिल्महरुले बक्स अफिस कलेक्शनको रेर्कड नै तोडेको थियो । "/>

‘ठग्स अफ हिन्दोस्तान’ पछि ब्रेक लिदै आमिर खान

‘ठग्स अफ हिन्दोस्तान’ पछि ब्रेक लिदै आमिर खान


बलिउडका चर्चित अभिनेता आमिर खान अभिनित फिल्म ‘गजनी’, ‘थ्री इडिएट्स’, ‘दंगल’ लगायतका फिल्मलाई दर्शकहरुले यति धेरै रुचाए कि यी फिल्महरुले बक्स अफिस कलेक्शनको रेर्कड नै तोडेको थियो ।

तर दिपावलीको अवसर पारेर रिलिज गरिएको खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ले भने सोचेको जस्तो सफलता हात पार्न सकेन । फिल्मले सुरुकोे दिनमा ५२ करोड कमाएर राम्रो ओपनिङ गरेको थियो तर दोस्रो दिनमा त्यो रेकर्ड कायम गर्न सकेन । आमिरका साथीहरुले पनि उनलाई नकारात्मक प्रतिक्रिया दिए । यसै पनि चर्चा थियो कि आमिरलाई पहिला नै महसुस भएको थियो, यो फिल्ममा केहि गडबड छ भनेर त्यसैले उनले धेरै ठूलो प्रमोशन पनि गरेनन् ।

त्यसैले आमिर खान अभिनयमा ब्रेक लिदै छन् भन्ने जस्ता खबरहरु पनि भारतीय मिडियामा आइरहेका छन् । अब उनी अभिनयमा भन्दा पनि फिल्म निर्माणमा केन्द्रित रहने छन् । साथै उनको निर्माण रहने ड्रीम प्रोजेक्ट ‘महाभारत’ को सुटिङ पनि छिट्टै सुरु हुने बताइएको छ ।

Skip This
Logo