ओलम्पिक महिला फुटबलमा नेपाल र बंगलादेश भिड्दै

ओलम्पिक महिला फुटबलमा नेपाल र बंगलादेश भिड्दै


‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत प्रारम्भिक छनोटमा आज (मंगलबार) नेपाल र बंगलादेश खेल्दै छ । समूह चरणमा यसअघिका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आज बंगलादेशलाई पराजित गरे छनोटको दोस्रो चरणमा प्रवेश पाउनेछ।

यसअघि समूहका दुबै खेलमा नेपालले भारत र म्यानमारसँग बराबरी खेल्दै उत्कृष्ट सुरूवात गरेको थियो। प्रत्येक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुने प्रावधान अनुसार नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का छ।

यो नतिजासँगै समूहको दुई खेलबाट म्यानमार ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। समान अंक जोडेको भारत गोलअन्तरमा पछाडि परेको छ। २ अंक भएको नेपाल तेस्रो स्थानमा छ। अंकविहिन बंगलादेश पुछारमा छ ।

Skip This
Logo