इलाम

पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारप्रति नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असन्तुष्टि ब्यक्त गरेका छन् । "/>

सरकारको गतिमा मेरो पनि असन्तुष्टि छ : नेता खनाल

सरकारको गतिमा मेरो पनि असन्तुष्टि छ : नेता खनाल


इलाम

पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारप्रति नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असन्तुष्टि ब्यक्त गरेका छन् । नेकपाले इलाममा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका नेता खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘विभिन्न क्षेत्रमा राम्रो काम गरिरहेको छ, वैदेशिक मामिला, १६ वटा मौलिक हक कार्यान्वयनको लागि ऐन कानुनहरु बनाएको छ, यस्ता कामहरुको श्रृंखला पनि छ’–खनालले थपे–‘आम जनताको भनाई के छ भने सरकारले अझै लिनुपर्ने जति गति लिएन भन्ने असन्तुष्टि छ, त्यो मेरो पनि असन्तुष्टि हो ।’

उनले चाडै स्थायी कमिटी र सचिवालयको बैठक बसेर सरकारको कमजोरी केलाउने बताए । ‘सरकारको गति कसरी बढाउने भन्नेमा हामी चाडै छलफल गर्छौँ ।’ उनले भने– ‘कमजोरी पत्ता लगाएर हामी चाडै सरकारलाई गति दिन्छौँ ।’ नेता खनालले सरकारको नेतृत्व भने परिवर्तन नहुने संकेत गरे । पत्रकारको प्रश्नमा उनले भने– ‘हामीले अहिले दुई पाइलट राखेका छौँ, अरुको आवश्यकता छैन । आवश्यक परे पाइलटको लाइन लगाउछौँ ।’

नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने कांग्रेसले बिगारेको काम सपार्दा समय लागेको बताए । ‘साथीभाइले साह्रै धेरै ठाउँमा भत्काएका रहेछन्, त्यसलाई टाल्दा अलिक समय लाग्यो, त्यसका लागि हामी दुखी छौँ ।’ नेता नेम्वाङले जनतासंग गरेको सबै प्रतिवद्धता पूरा गर्ने दावी गरेका छन् ।
नयाँ पत्रिकाबाट

Logo