समाजमा धेरै किसिमका मानिसहरु हुन्छन् । सबैका फरक फरक सोच पनि । सबैका सपना र लक्ष्य पनि फरक । कतिपयका ती सपनाहरु पूरा पनि हुन्छन् त कतिपयका सपना सपनामै सिमीत हुन्छन् । "/>

९ बर्षीय चियावालीको हिरोइन बन्ने सपना (भिडियोसहित )

९ बर्षीय चियावालीको हिरोइन बन्ने सपना (भिडियोसहित )


समाजमा धेरै किसिमका मानिसहरु हुन्छन् । सबैका फरक फरक सोच पनि । सबैका सपना र लक्ष्य पनि फरक । कतिपयका ती सपनाहरु पूरा पनि हुन्छन् त कतिपयका सपना सपनामै सिमीत हुन्छन् । सानो बेला देखि नै ठूलो मान्छे बन्ने सपना लिएर अघि वढ्ने मान्छेले पक्कै पनि एकदिन सफलताको शिखर चढ्छ र अरुका लागि उदाहरणिय पनि बन्छ ।

हो यसपटक केन्द्रविन्दु टेलिभिजनले यस्तै सपना बुनेकी एकजना ९ वर्ष कि बालिकालाई फेला पारेको छ । स्थायी घर उनको दोलखा जिल्ला हो । हाल उनी राजधानीको वसन्पुरमा बस्छिन् , कक्षा ४ मा पढ्छिन् र फुर्सदको समयमा वसन्तपुरमै चिया बेचेर आफ्नो दैनिकी चलाउँदै आएकी छिन् । चिया बेच्ने यी बालिकाको लक्ष्य भने हिरोइन र डाक्टर बन्ने छ । उनी आफ्नो यो लक्ष्य पुरा गर्न चाहन्छिन् । पुरा होला वा नहोला त्यो उनलाई पनि थाहा छैन । हाम्रो भेटमा उनले के के कुरा गरिन् त ? हेरौं कुराकानीको अंश यो भिडियोमा :

 

Logo