नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलायो

नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलायो


महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा काङ्ग्रेसको भात्री सङ्गठन नेपाल विधार्थी संघले प्रधानममन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । सोमबार जलेश्वरको महेन्द्र चोकमा ने.वि.संघको सचिव नवीन झाको अगुवाईमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

काभ्रे नेविसंघका अध्यक्षले कुकुर पुजाको दिन समाजिक सञ्जालमा प्रधानममन्त्री ओलीको विरोधमा कुकुरसँग जोडेर पोष्ट गरेको तस्विर र स्टाटस्का कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो । पोसोको विरोधस्वरुप पुत्ला जलाएको सचिव झाले जानकारी दिए ।

Logo