नेपाली काँग्रेसको महासमिति बैठक नजिकिँदै जाँदा गुटगत राजनीति पनि राम्रैसँग फस्टाउने देखिएको छ ।

सभापति शेर बहादुर देउवाविरुद्ध लामो समयदेखि रस्साकस्सी खेल्दै आएका वरिष्ट नेता रामचन्द्र पौडेल पछिल्लो समय थप चिढिएका छन् । "/>

सुजाताको घरमा ‘लञ्च मिटिङ’, सिटौलाको समर्थन

सुजाताको घरमा ‘लञ्च मिटिङ’, सिटौलाको समर्थन


नेपाली काँग्रेसको महासमिति बैठक नजिकिँदै जाँदा गुटगत राजनीति पनि राम्रैसँग फस्टाउने देखिएको छ ।

सभापति शेर बहादुर देउवाविरुद्ध लामो समयदेखि रस्साकस्सी खेल्दै आएका वरिष्ट नेता रामचन्द्र पौडेल पछिल्लो समय थप चिढिएका छन् । विजयकुमार गच्छदारलाई उपसभापति बनाइपछि उनी थप असन्तुष्ट बनेका हुन् । उनले विधानमै नभएको दुईजना उपसभापति मनोनित गर्न नहुने अडान राखे पनि राजनीतिक आवश्यकता भन्दै सभापति शेरबहादुर देउवाले गच्छादारलाई उपसभापति मनोनित गरेका थिए ।

देउवाको पेलान प्रवृतिविरुद्ध निरन्तर खवरदारी गर्दै आएका पौडेल समुहले आज गुटगत भेला नै आयोजना गरेका छन् । आज नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा पौडेल पक्षधरका नेताहरुको ‘लञ्च मिटिङ’ बसेका छन् ।

आउँदो महासमिति बैठकका लागि रणनीति तय गर्न र गुटलाई ससक्त बनाउन बैठक केन्द्रित रहेको बैठकमा सहभागि एक नेताले बताएका छन् । बैठकमा कांग्रेसका प्रभावशाली नेताहरुको सहभागिता छ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांका कोइराला तथा नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत र अर्जुननरसिंह केसी सहभागी छन् । बैठकलाई नेता कृष्ण सिटौलाको पनि समर्थन रहेको बुझिएको छ । नेता सिटौला पनि सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट छन् । यसअघि पौडेल निवासमा भएको भेलामा अनुपस्थित महामन्त्री शशांक कोइराला पनि मंगलबारको भेलामा पुगेका छन् ।

किन चिँढिए केसी ?

अघिल्लो महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका नेता अर्जुन नरसिंह केसी यसपटक भने देउवाविरुद्ध नै सघर्ष गरिरहेका छन् । स्रोतका अनुसार आज भएको बैठक उनै केसीको सक्रियतामा आयोजना भएको हो । स्मरणहोस् काँग्रेसमा नयाँ शक्तिशाली गुट बनाउन केसी लामो समयदेखि सक्रिय छन् । शुरुदेखि नै पौडेल समुहमा रहेका केसी बीचमा एक्कासी देउवा गुटमा डेरा सरेका थिए । गुट परिवर्तन गरेपनि अपेक्षित सफलता हात नलागेपछि उनी देउवासँग रुष्ट बनेका थिए ।

गगन वने आक्रामक

युवा पुस्ताका चर्चित नेता गगन थापा पनि सभापति देउवाविरुद्ध आक्रामक बनेका छन् । उनले सभापति विरुद्ध २५ कार्तिकमा सार्वजनिक कार्यक्रमवाट नै मुख खोलेर आक्रामक बनेको संदेश समेत दिएका छन् ।

देउवाविरुद्ध एक ढिक्का ?

कांग्रेसमा यसअघि सभापति देउवाविरुद्ध छुट्टछुट्टै गुटहरु थिए । तर आजको भेलामा कांग्रेस नेताहरुको सहभागितालाई अर्थपूर्ण रुपमा लिईएको छ । छुट्टछुट्टै गुट बनाई महाधिवेशनमा होमिँदा अपेक्षित नतिजा हात नलाग्ने निश्कर्षसहित नेताहरु एक ढिक्का भएर मोचावन्दीमा लागेको बताईन्छ ।

यसअघि कोइराला परिवारबाटै सभापतिको उम्मेदवार बनाउने गृहकार्य भइरहेको थियो । त्यसकारण पौडेल समुह कोइराला परिवारबाट अलग बनेका थिए । तर पछिल्लो घटनाक्रमले कोइराला परिवार लचिलो बनेको बुझ्न सकिन्छ ।

बैठकमा सभापतिको कार्यशैली, आसन्न महासमिति बैठक, पार्टीको विधान लगायतका विषयमा बिशेष तयारी भएको बुझिएको छ । कांग्रेस महासमिति बैठक आगामी मंसिर २८ गतेका लागि बोलाइएको छ ।

Logo