अब नयाँ नोट साट्न दशैं कुर्न नपर्ने

अब नयाँ नोट साट्न दशैं कुर्न नपर्ने


नेपाल राष्ट्र बैंकले अबदेखि अन्य चाडपर्वमा पनि नयाँ नोट साट्न सकिने ब्यबस्था गरेको छ। अहिलेसम्म दशैंमा मात्रै नयाँ नोट साट्ने ब्यबस्था भएकोमा अब अन्य बिभिन्न २२ प्रकारका चाडपर्वमा पनि नयाँ नोट साट्न सकिने बैंकले जनाएको छ।  

राष्ट्र बैंकले सबै जातजाति र चाडपर्वको सम्मान स्वरुप नयाँ नोटको व्यवस्था गरेको जनाएको छ । अब नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, जितिया पर्व, योमरी पुन्ही ज्यापु दिवस, ल्होसार, क्रिसमस, माघी पर्व, महाशिवरात्री, घोडे जात्रा, इद लगायतका पर्वहरुमा नयाँ नोट साट्न सकिने छ  ।

मुद्रा व्यवस्थापन विभाग थापाथली लगायत उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकको कार्यालयहरु विराटनगर, जनकपुर, विरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगंज र धनगढीबाट नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यस अघि दशैँमा मात्र नयाँ नोट साटिदा अत्यधिक भिडभाड हुने, लाइन बस्नु पर्ने, नोटको अभाव हुने लगायतका समस्या रहदै आएकाले अब यस्ता समस्याको अन्त्य हुने राष्ट्र बैंकले जनाएको छ ।

Logo