काठमाडौं

संघीयता कार्यान्वयनको क्रममा गठन भएका सात सय ५३ स्थानीय तहहरु मध्ये ०७५ भदौ मसान्त सम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । "/>

देशका ६६६ वटा स्थानीय तहहरुमा बैंकको पहुँच पुग्यो

देशका ६६६ वटा स्थानीय तहहरुमा बैंकको पहुँच पुग्यो


काठमाडौं

संघीयता कार्यान्वयनको क्रममा गठन भएका सात सय ५३ स्थानीय तहहरु मध्ये ०७५ भदौ मसान्त सम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । राष्ट्र बैंकका अनुसार सोही आधारमा अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी स्थानीय तहको संख्या ८७ मात्र रहेको छ ।

प्रदेशगत रुपमा विश्लेषण गर्दा चालू आर्थिक वर्षको भदौ मसान्तसम्म प्रदेश नम्बर १ मा १३७ वटा स्थानीय तह रहेकोमा एक सय १८ वटामा वाणिज्य बैंकहरुको शाखा पुुगेको छ । यसैगरी प्रदेश नम्बर २ मा १३६ वटा स्थानीय तहमध्ये एक सय ३० वटामा, प्रदेश नम्बर ३ मा ११९ वटा स्थानीय तहमध्ये १०८ वटामा बैंकहरुको शाखा पुुगेको छ ।

प्रदेश नम्बर ४ स्थानीय तहको संख्या ८५ रहेकोमा बैंकहरुको उपस्थिति रहेको स्थानीयतहको संख्या ८० रहेको छ  । यसैगरी प्रदेश नम्बर ५ मा १०९ वटा स्थानीय तहमध्ये १०६ वटामा, प्रदेश नम्बर ६ मा ७९ स्थानीय तहमध्ये ५९ वटामा र प्रदेश नम्बर ७ मा ८८ वटा स्थानीय तहमध्ये ६५ वटामा बैंकहरुको शाखा पुुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुुुल संख्या भने ०७५ असार मसान्तमा एक सय ५१ रहेकोमा ०७५ साउन मसान्तमा एक सय ५२ वटा पुगेको छ । जस अनुसार २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक, २५ वटा फाइनान्स कम्पनी र ६६ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने ०७५ असार मसान्त सम्ममा छ हजार छ सय ५१ वटा रहेकोमा चालू आवको पहिलो महिनामा छ हजार सात सय १४ वटा पुुगेका छन् ।
आर्थिक दैनिकबाट

Logo