प्यूठान

रित्तो गाग्री बजाउदै एक हुल मानिस भैलो भट्याउदै घर घर पुगिरहेका छन् । उनिहरुले मादल बजाएका छैनन् । "/>

खानेपानी माग्दै रित्तो गाग्री ठटाएर देउसी भैलो !

खानेपानी माग्दै रित्तो गाग्री ठटाएर देउसी भैलो !


प्यूठान

रित्तो गाग्री बजाउदै एक हुल मानिस भैलो भट्याउदै घर घर पुगिरहेका छन् । उनिहरुले मादल बजाएका छैनन् । मादलको सट्टा रित्तो गाग्री बजाउदै भैलो खेलिरहेका छन् ।

‘चौरपानी खानेपानी फाउण्डेसन’ स्थापना गरी झिमरुक नदीको पानी बस्तीसम्म ल्याउने योजना अघि बढाउन स्थानीयबासी कस्सिएका छन् । प्यूठान मल्लरानी गाउँपालिका वडा नं. ३ चौरपानी गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि रित्तो गाग्री ठटाएर भैलो खेलिएको हो ।

‘धारामा पानी आउन छाड्यो । गाग्रीको कामै भएन । त्यही भएर ठटाएर भैलो खेलिम ’ स्थानिय माधव पौडेलले भने– ‘हाम्रो मुख्य समस्या खानेपानी नै हो । तर गाउँपालिकाले सडकमा पैसा खनायो ।’ सरकारी बजेट आउला र खानेपानीको सुविधा होला भन्ने आशा मरिसक्यो । त्यसैले देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट खानेपानीको समस्या समाधान गर्न गाउँले जुटेका छन् ।

गाउँमा विकासको बाटो पुग्यो तर खानेपानीको पुरानो मुहान सुक्न पुग्यो । जसले गर्दा गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । ‘मुहान वरी परीबाट बाटो हिडेको छ । बाटोले गर्दा पानीको मुहान सुकायो’ स्थानिय बिष्णु पौडेलले भने–‘अहिले बाटो पिच गर्न ढुंगा फोड्ने काम भैरहेको छ ।

जमिन थर्किएर पानीको मुहान पुरियो ।’ धरमपानीबाट चौरपानी सम्म खानेपानी लगिएको छ । मुहान माथि बाट सडक खनेपछि मुहान सुक्यो । खानेपानीको मुख्य समस्या हो । तर स्थानिय तहले सडकलाई प्राथमिकता दियो । त्यसैले सरकारलाई दवाव दिन रित्ता गाग्री बोकेर भैलो खेलिएको हो । यहाँ साढे ३ सय घरधुरी छ । ‘वर्षौंदेखि खानेपानीको समस्या सुल्झिएको छैन’ स्थानीय कृष्णराज पान्डेले भने, ‘कसैको ध्यान नगएपछि भैलो खेलेरै सहयोग संकलनमा लागेका छौं ।’ यो स्थानिय सरकारलाई दवाव पनि हो उनले भने । खानेपानी सुविधाका लागि स्थानीय सरकार उदासिन भएको स्थानीयको आरोप छ ।
नेपाल समाचारपत्रबाट

Logo