काठमाडौंको गौरीघाटमा छठ पर्वको भव्य तयारी (भिडियोसहित)

काठमाडौंको गौरीघाटमा छठ पर्वको भव्य तयारी (भिडियोसहित)


चार दिनसम्म मनाईने छठ पर्व आईतबारदेखि सुरु भएको छ । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने यो पर्व सुरु भएको हो । यसै अवसरमा राजधानी काठमाडौंमा पनि छठको तयारीका कामलाई तीव्रता दिइएको छ ।

रानी पोखरी भूकम्पले ध्वस्त बनाएपछि छठ पर्व मनाउन यस वर्ष काठमाडौंको गौरीघाटमा तयारीको कामलाई तीव्रता दिइएको हो । आज बेलुकासम्म सम्पन्न हुने गरी छठ घाट, पोखरी, टेन्टलगायतका निर्माणको कामलाई तीव्रता दिइएको छठ व्यवस्थापन समितिका सदस्य किरणकुमार दासले जानकारी दिए । २ वटा डोजर प्रयोग गरेर त्यहाँ छठी माईको पुजाका लागि पोखरी निर्माणको काम गरिएको छ ।

त्यसैगरी श्रद्धालु भक्तजनहरुलाई पूजाआजामा सहज बनाउन टेन्टको पनि व्यवस्था गरिँदैछ । पूजाका लागि पोखरीमा पूलको समेत व्यवस्था गर्न लागिएको पनि समितिका सदस्य दासले बताए । स्थानीय र दाताहरुको सहयोगमा निर्माण गर्न लागिएको छठ घाटको तयारीको कामलाई स्थानीयको अगुवाईमा तीव्रता दिइएको छ । बेलुकासम्ममा सबै काम सम्पन्न गरिसक्ने समितिको योजना छ ।

Logo