नेप्सेको वेबसाइट अझै ह्याङ्, बजारमा दोहोरो अङ्कको गिरावट

नेप्सेको वेबसाइट अझै ह्याङ्, बजारमा दोहोरो अङ्कको गिरावट


धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ । 

प्रतिशतका आधारमा १ दशमलब ४२ बिन्दुले बजार घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलब ११ बिन्दुले घटेर २५५ दशमलब ९८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज गिरावट आएको छ । कूल १२५ कम्पनीको तीन लाख १४ हजार २९७ कित्ता शेयर रु नौ करोड ९४ लाख ५१ हजार ४८ मूल्यमा खरिद बिक्री भएको थियो । 

कारोवार भएका कूल नौ उपसमूहमध्ये आज दुई उपसमूहको शेयरमा भने वृद्धि भएको छ । वित्त १ दशमलब २५ र अन्य शुन्य दशमलब ७३ बिन्दुले बढ्दा बैङ्किङ २५ दशमलब शुन्य आठ, होटल ३ दशमलब ५८, विकास बैङ्क ६ दशमलब शुन्य पाँच, जलविद्युत् १३ दशमलब २२, निर्जीवन बीमा ४३ दशमलब शुन्य सात, माइक्रोफाइनान्स ३ दशमलब शुन्य आठ र जीवन बीमा २९ दशमलब ११ बिन्दुले ओरालो लागेको छ । 

घटेको बजारमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने अपि पावर कम्पनी, स्ट्याण्र्डड चार्टड बैङ्क र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज गुमाएका छन् । स्टकले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका कारण नेप्सेको बेबसाइटमा समस्या देखिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नयाँ प्रणाली जडान गर्दा केही समस्या आएको स्वीकार गर्दै प्राविधिक समस्या समाधानका लागि जुटेको जानकारी दिए ।स्तै स्टक एक्सचेञ्जमा आजै नेपाल बैङ्क लिमिटेडको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता थप सार्वजनिक निश्काशन(एफपिओ) सूचीकृत भएको छ ।

स्टककाअनुसार सेञ्चुरी कर्मसियल बैङ्क लिमिटेडको ३८ लाख ३९ हजार ७३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै स्ट्याण्डर्ड चार्टड बैङ्कले आफ्ना शेयरधनीलाई १७ दशमलब ५० प्रतिशत नगद लाभांश दिने जानकारी समेत स्टकलाई गराएको छ ।

Logo