अहिले दर्शकहरु माझ निकै लोकप्रिय नायिकामा पर्दछिन् स्वस्तिमा खड्का । त्यसकारण पनि उनको ब्यस्तता निकै बढ्दो छ । उनी एक पछि अर्को चलचित्रमा छाइरहेकी छिन् । "/>

स्वस्तिमालाई ‘दाल भात तरकारी’ मन नपरेपछि आँचलको भागमा

स्वस्तिमालाई ‘दाल भात तरकारी’ मन नपरेपछि आँचलको भागमा


अहिले दर्शकहरु माझ निकै लोकप्रिय नायिकामा पर्दछिन् स्वस्तिमा खड्का । त्यसकारण पनि उनको ब्यस्तता निकै बढ्दो छ । उनी एक पछि अर्को चलचित्रमा छाइरहेकी छिन् ।
केही समयअघि उनी चलचित्र ‘दाल भात तरकारी’ को लागि अनुबन्धित भएकी थिइन् तर उनले यो चलचित्र छोडेकी छिन् ।

उनले यो चलचित्र छोडेसँगै चलचित्र ‘दाल भात तरकारी’ मा नायिका आँचल शर्माको इन्ट्री भएको छ । स्वस्तिमा अहिले चलचित्र ‘बुलबुल’ को सुटिङमा नै व्यस्त रहेकी छिन् । समयको अभाव देखाएर नायिका खड्काले यो चलचित्र छोडेकी हुन् ।

मह संचार र किरण केसीको संयुक्त निमार्ण रहने यस चलचित्रमा सुदन केसीको निर्देशन रहनेछ । चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, पुष्पल खड्का, प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहनेछ । यो चलचित्रको छायांकन मंसिर १ गतेबाट हुने बताइएको छ ।

Logo