कञ्चनपुर

निर्मला पन्तको हत्या भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि उनका आमाबुबा आइतबार ( आज ) देखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । "/>

निर्मलाका आमाबुबा आजदेखि अनिश्चितकालीन धर्ना बस्दै

निर्मलाका आमाबुबा आजदेखि अनिश्चितकालीन धर्ना बस्दै


कञ्चनपुर

निर्मला पन्तको हत्या भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि उनका आमाबुबा आइतबार ( आज ) देखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । धर्नामा अधिकारकर्मी र नागरिक समाजले पनि समर्थन गर्ने भएका छन् । निर्मलाका आमाबुबाले शनिबार उनीहरूसँग छलफल गरेका थिए ।

‘मेरो छोरीको न्यायका लागि म आइतबार ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्नामा बस्दैछु’, निर्मलाका बुबा यज्ञराज पन्तले भने, ‘छोरीले न्याय नपाएसम्म धर्ना बसिरहन्छु ।’ निर्मला सबैकी छोरी भएकाले उनको न्यायका लागि आफूले सुरु गर्ने धर्नामा साथ दिन उनले सबैलाई आग्रह पनि गरे ।

उनले भने, ‘निर्मला सबैकी छोरी हो, अन्य छोरीले मेरो छोरीको जस्तो नियति भोग्नु नपरोस् भन्नका लागि पनि अनिश्चितकालीन धर्नामा साथ दिन सबैलाई आग्रह गर्छु ।’

उनले हत्यारा पत्ता लगाउन प्रहरीले सुरु देखि लापरबाही गरेको आरोप लगाए । उनले प्रहरीले छोरीको हत्यारा अहिलेसम्म पत्ता नलगाउँदा न्याय पाइने आशा मरेकाले धर्नामा बस्ने निर्णयमा पुगेको बताए । ‘छोरीको हत्यारा पत्ता लगाउन सरकार गम्भीर भएको छैन’, उनले भने ।

निर्मलाकी आमा दुर्गाले हत्यारा पत्ता लगाउँछु भनेर अहिलेसम्म सबैले आश्वासन मात्र दिएको बताइन् । ‘हत्यारालाई कारबाही भए मात्र मेरो छोरीको आत्मालाई शान्ति मिल्नेछ’, उनले भनिन्, ‘ हत्यारा पत्ता नलागे सम्म अनि कसरी मेरो मनको पीडा र छटपटी कम हुन्छ ? न्याय नपाउन्जेल धर्नामा बसिरहनेछु ।’
नागरिकबाट

Logo