काठमाडौँ

नागढुंगा देखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि पेश भएको ४ कम्पनीको प्रस्ताव लगानी बोर्डले अध्ययन शुरु गरेको छ । "/>

नागढुंगा–धुलिखेल मेट्रोरेलका लागि ४ कम्पनीको प्रस्ताव अध्ययन गर्दै लगानी बोर्ड

नागढुंगा–धुलिखेल मेट्रोरेलका लागि ४ कम्पनीको प्रस्ताव अध्ययन गर्दै लगानी बोर्ड


काठमाडौँ

नागढुंगा देखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि पेश भएको ४ कम्पनीको प्रस्ताव लगानी बोर्डले अध्ययन शुरु गरेको छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन बोर्डले ग्लोवल टेण्डर आह्वान गरी आशयपत्र माग गरेको थियो ।

गत जेठ ३ गते जारी बोलपत्र आह्वानपछि आशयपत्र परेका २३ कम्पनी मध्ये ६ कम्पनीलाई छनौट गरी प्राविधिक र आर्थिक प्रस्तावसहित ३० दिन भित्र पेश गर्न आग्रह गरेको थियो ।

भदौ २८ गते प्रस्ताव सहित आउन आग्रह गर्दा ४ कम्पनीले तोकिएको समयभित्र उक्त प्रस्ताव बोर्डलाई बुझाएको बोर्डका इन्जिनियर आशिष गजुरेलले जानकारी दिनुभयो । सोही प्रस्ताव कै आधारमा ४ कम्पनी मध्ये १ कम्पनी मात्रै छनौट गर्नु पर्ने भएकोले सुक्ष्म ढंगले अध्ययन र मुल्यांकन भइरहेको बोर्डका इन्जिनियर गजुरेलको भनाई छ ।

‘अहिले हामी ४ कम्पनीको प्रस्ताव र मुल्यांकनको चरणमै छौँ । ती कम्पनीको काम गरेको अनुभव, आर्थिक, प्राविधिक पक्ष लगायत समग्र पक्षको अध्ययन गरीरहेका छौ , उहाँले भन्नुभयो– ‘त्यसैको आधारमा १ कम्पनीलाई छनौट गरिनेछ । नागढुंगादेखि धुलिखेलसम्म कूल ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि लगानी बोर्डले संयोजन गरिरहेको छ । ती कम्पनीबाटै एउटा कम्पनी छनोट गरी डिपीआर तयारीको काम सुरु गर्न आग्रह गरिने भएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २०७४ कात्तिक २७ गते बसेको बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बनाउने निर्णय गरेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo