सिन्धुलीगढी

राज्य एकीकरणको इतिहास जोडिएको सिन्धुलीगढीमा २५१ औँ विजय दिवस मनाइएको छ । "/>

सिन्धुलीगढीमा २५१ औँ विजय दिवस मनाइयो

सिन्धुलीगढीमा २५१ औँ विजय दिवस मनाइयो


सिन्धुलीगढी

राज्य एकीकरणको इतिहास जोडिएको सिन्धुलीगढीमा २५१ औँ विजय दिवस मनाइएको छ । प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यले कमलामाई नगरपालिकाले विजय दिवस आयोजना गरेको हो ।

सिन्धुलीगढीको पुनःनिर्माण गरी प्रचार प्रसार गर्न नेपाल पत्रकार महासंघ सिन्धुलीको पहलमा २०६७ देखि सिन्धुलीगढीमा विजय दिवसमा उत्सव मनाउन सुरु गरेको पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले बताए ।

सिन्धुलीगढी पर्यटकीय क्षेत्र मात्र नभएर इतिहास कायम गरेको स्थल भएकाले आन्तरिक तथा वाह्य पर्यटकको संख्या वृद्धि गर्न नगरपालिकाले लक्ष्य लिएको मेयर खड्गबहादुर खत्रीले बताए । यता संघीय सरकारले घोषणा गरिएका सय गन्तव्यको सूचीमा मात्र नभएर मुख्य पर्यटकीय गन्तव्यको सूचीमा राखेको संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीले बताए ।

नगरपालिकाले निजी क्षेत्रलाई होटल, रेष्टुरा लगायत अन्य भौतिक संरचना निर्माण गर्न दिएर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । १७ करोड लगानीमा पुनः निर्माणका लागि गुरुयोजना तयारी गरेको र सिन्धुलीगढीको दरवारको पुनःनिर्माण शुरु गर्ने तयारी थालेको छ ।

वि.सं. १९२५ मा राज्य एकीकरणका क्रममा इष्ट इण्डीयाका दुई हजार चार सय सेनालाई गोर्खाली आठ सय सेनाले परास्त पारी विजय गरेको इतिहास छ । इतिहासका धरोहरको रुपमा परिचित गढीको युद्धमा इष्ट इण्डीयाका आठ सय र गोर्खालीका दुई सय मात्र लडाइँमा मृत्यु भएका थिए ।
अन्नपूर्णबाट

Logo