पोखरा

यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् । "/>

तिहार सकिए लगत्तै पोखरामा छठ पर्वको तयारी शुरु

तिहार सकिए लगत्तै पोखरामा छठ पर्वको तयारी शुरु


पोखरा

यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् । पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि घाट निर्माणका साथै सरसफाइका कार्य तदारुकताका साथ शुरु भएको छ ।

पोखराको नदीपुरमा पनि छठ पर्व व्यापक रुपमा मनाइने गरिन्छ । त्यहाँ पनि छठ पूजाका लागि सरसफाइ तथा घाट निर्माण कार्य भइरहेको छ । पोखरामा तराई जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि परिवारसहित बसोबास गर्दै आइरहेकाले धुमधामका साथ छठ मनाउन जुटेको सप्तरी घर भई हाल पोखरामा व्यापार गर्दै आइरहेका सत्यनारायण मण्डलले जानकारी गराउनुभयो ।

विभिन्न भाषाभाषी र समुदायका मानिस एकै ठाउँमा बसेर सौहार्दपूर्ण वातावरणमा छठ पूजा गर्ने गरेका कारण नै यो पर्वले साझा पर्व र समावेशी पर्वका रुपमा पहिचान स्थापित गरेको हो । पर्वका लागि आवश्यक रुपमा पर्ने बाँसका टोकरी, पङ्खा, माटोको भाँडोका साथै अन्य पूजा सामग्री पनि पोखरामा उपलब्ध हुने गरेको छ । त्यस्ता सामानको बिक्री पनि शुरु भइसकेको देखिन्छ । यस पर्वमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला, सुथनी, अलुवा, जुटा, उखु, ठेकुवा, भुसुवा र मीठाइ चढाउने गरिन्छ ।

लगातार चार दिन सम्म मनाउने गरिएको यो पर्व विधिवत रुपमा आइतबारदेखि शुरु हुँदैछ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आइतबार वर्तालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिएको हो ।

दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले आपूm पनि प्रसादकै रुपमा ग्रहण गरेर वर्तलाई निरन्तरता दिने गर्छन् ।

पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन र चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चार दिनको यो पर्व विधिवत् रुपमा सम्पन्न हुने गर्छ । यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ ।

परिवारको कल्याण, सन्तान प्राप्ति र छालारोगका साथै विभिन्न रोगबाट मुक्तिका लागि यो पर्व मनाउने गरिन्छ । यो आफू खुशीले शुरु गर्ने र छोड्ने गर्नु हुँदैन भनी धार्मिक मान्यता छ । भाकल पूर्ण भएपछि मात्र छठ पर्वको शुभारम्भ गरिन्छ । एक पटक शुरु गरेपछि प्रत्येक वर्ष नियमनिष्ठाका साथ यो पर्वलाई निरन्तरता दिने गरिन्छ ।
रासस

Logo