यूरोप जाने क्रममा सन् २०१८ को जनवरी देखि गतहप्तासम्म भूमध्यसागर क्षेत्रमा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले जनाएको छ । "/>

१० महिनामा दुई हजार शरणार्थीको डुबेर मृत्यु

१० महिनामा दुई हजार शरणार्थीको डुबेर मृत्यु


यूरोप जाने क्रममा सन् २०१८ को जनवरी देखि गतहप्तासम्म भूमध्यसागर क्षेत्रमा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले जनाएको छ । मृत्यु हुनेमा आधा भन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको राष्ट्रसङ्घले उल्लेख गरेको छ ।

राष्ट्रसङ्घ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेका अनुसार गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस वर्ष मृत्यु हुनेको सङ्ख्या दुई हजार भन्दा बढी भएको हो ।

यस वर्ष यूरोप पुग्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार रहेका पनि उनले बताए । यस वर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको सङ्ख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ ।
एजेन्सी

Logo