काठमाडौँ

लगानी बोर्डले निर्माण गर्न लागेको काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि चार वटा कम्पनीले आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गरेका छन् । "/>

नागढुंगा–धुलिखेल मेट्रोरेल निर्माणमा चार वटा कम्पनीको प्रस्ताव

नागढुंगा–धुलिखेल मेट्रोरेल निर्माणमा चार वटा कम्पनीको प्रस्ताव


काठमाडौँ

लगानी बोर्डले निर्माण गर्न लागेको काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि चार वटा कम्पनीले आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गरेका छन् ।

गत जेठमा परामर्शदाता छनोटका लागि बोर्डले आशयपत्र आह्वान गरेकोमा २१ कम्पनीले आवेदन दिएकोमा त्यस मध्ये छनोट गरिएका ६ मध्ये चार कम्पनीले विस्तृत अध्ययनका लागि प्रस्ताव पेश गरेका हुन् । बोर्डका अनुसार चाइना रेलवे सिचुवान सर्भे एण्ड डिजाइन ग्रुप लिमिटेड, चाइना जेभी अफ ईआरएमसी प्रालि र युसिन इन्जिनियरिङ कर्पोरेसन जेभी पाडेको कोरियन र युपसेल प्रोजे युलुसिरारासी एएस टर्की जेभी एएआरभीई एशोसियट आर्किटेक्ट इन्जिनियरिङ एवं कन्सल्ट्यान्टले अध्ययनका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गरेका हुन् ।

लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले चार कम्पनीले आर्थिक तथा प्राविधिक प्रस्ताव दिएको र तिहारपछि देखि छनोटको लागि प्रक्रिया अघि बढ्ने बताए ।
कारोबारबाट

Logo