स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन्। रारा भ्रमणबाट फर्किएका मेयर गिरीमाथि कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा शनिबार राति हातपात भएको हो। "/>

स्याङ्जाका मेयर कालिकोटमा कुटिए, रक्सी बन्यो विवादको कारक

स्याङ्जाका मेयर कालिकोटमा कुटिए, रक्सी बन्यो विवादको कारक


स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन्।रारा भ्रमणबाट फर्किएका मेयर गिरीमाथि कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा शनिबार राति हातपात भएको हो।

मेयर बसेको होटलमा बसेका काठमाडौँका युवाहरुको टोली र मेयरबीच विवाद उत्पन्न भएपछि युवाहरुको टोलीले मेयर गिरीमाथि कुटपिट गरेका हुन् । मादक पदार्थ सेवन गरेका मेयरले पदको घमण्ड देखाउँखा विवाद सिर्जना भएको थियो । विवाद बढ्दै गएपछि मेयर र काठमाडौँको समूहबीच हात हालाहाल भएको हो ।

हात हालाहालमा मेयर गिरीसहित अन्य ४ जना घाइते भएका छन । घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो। मेयर गिरीको टाउकोमा चोट लागेको र ४ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ। दुबै पक्ष मादक पदार्थ सेवन गरेर आक्रमणमा उत्रिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक देवेन्द्र मल्लले जानकारी दिए । तर मेयर गिरीले भने आफुमाथि कसैले पनि हातपात नगरेको दावी गरेका छन् ।

Logo