अर्घाखाँची । स्थानीय प्रशासनको गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा नाङ्गै नुहाएर बसिरहेका ४० विदेशी पर्यटक फिर्ता पठाएको छ । "/>

अर्घाखाँचीमा नाङ्गै नुहाएर बसिरहेका ४० विदेशीलाई देश निकाला

अर्घाखाँचीमा नाङ्गै नुहाएर बसिरहेका ४० विदेशीलाई देश निकाला


अर्घाखाँची । स्थानीय प्रशासनको गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा नाङ्गै नुहाएर बसिरहेका ४० विदेशी पर्यटक फिर्ता पठाएको छ । अनुमतिबिना शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने उनीहरुलाई फिर्ता पठाईएको हो ।

उनीहरु शितगंगा नगरपालिका–६ गोवांग खोला र बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमतिबिना प्रवेश गरी टेन्ट हालेर बसेका थिए । ती पर्यटकले बेला बेला नाङ्गै भएर नाच्ने, नाङ्गै नुहाउने जस्ता उच्छृङ्खल गतिविधि गर्र्दै आएका थिए ।

उक्त गतिविधि निरन्तर भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी परिचालन गरी उनीहरु सबैलार्इ नियन्त्रणमा लिएर फिर्ता पठाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

तीन दिनदेखि विदेशीहरु आएर उच्छृखल गतिविधि गरेको सूचना स्थानीयले गरेपछि प्रमुख जिल्ला अधिकारीले प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाएका थिए ।

विदेशी नागरिक ल्याउने ४ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा–१० हर्रेका शालिकराम पोख्रेल, कपिलवस्तु बनगाइका मोतीराम गैरे, ललितपुरका शु–सान्त पौडेल र वारा कलैयाका दिपेन्द्र सोनारी रहेका छन् ।

 

Logo