एभरेष्ट बैंकले आर्थिक बर्ष २०७४/७५ को नाफाबाट २० प्रतिशत नगद लाभांस घोषणा गरेको छ।

बिहिबार बसेको संचालक समितिले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। "/>

एभरेष्ट बैंकले घोषणा गर्यो सात वर्ष यताकै कम लाभांस

एभरेष्ट बैंकले घोषणा गर्यो सात वर्ष यताकै कम लाभांस


एभरेष्ट बैंकले आर्थिक बर्ष २०७४/७५ को नाफाबाट २० प्रतिशत नगद लाभांस घोषणा गरेको छ।

बिहिबार बसेको संचालक समितिले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब २ करोड ६८ लाख रहेको छ । 

बैंकले विगत सात वर्षयताकै कम लाभांस दिएको हो। विगत ७ वर्षको अवधिमा बोनस शेयर र नगद लाभांस दिँदै आएकोमा यस वर्ष बोनस शेयर दिएन। बैंकले गत आर्थिक वर्षमा दुर्इ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो। प्रतिशेयर आम्दानी ३४ रुपैयाँ रहेको बैंकले लाभांस भने २० प्रतिशत दिएको हो। 

कुन बर्ष कति ?

आर्थिक बर्ष २०६७/६८ मा १० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगर लाभाँस गरी ६० प्रतिशत आभाँस दिएको थियो । त्यस्तै आव ०६८/६९ मा ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५८ प्रतिशत नगर लाभास गरी ३१ दशमलव ५८ प्रतिशत लाभासँग दिएको थियो । आव ०६९/७० मा १० प्रतिशत बोनस शेयर तथा ५० दशमलव ५३ प्रतिशत नगर गरी ६० दशमलव ५३ प्रतिशत लाभाँस घोषणा गरेको थियो ।

यसै गरी आव ७०/७१मा ६२ प्रतिशत, आव ०७१ /७२ मा ३६ दशमलव ५७ प्रतिशत, आव ०७२/७३ मा ७३ दशमलव ६७ प्रतिशत, आव ०७३/७४ मा ३३ प्रतिशत बोनस शेयर र १ दशमलव ७४ प्रतिशत नगर गरी ३४ दशमलव ७४ प्रतिशत लाभांस लिएको थियो ।

Logo