राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले विहिबार देखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो । "/>

अब प्रत्येक नेपालीलाई राष्ट्रिय परिचय पत्र अनिवार्य हुने (भिडियोसहित)

अब प्रत्येक नेपालीलाई राष्ट्रिय परिचय पत्र अनिवार्य हुने (भिडियोसहित)


राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले विहिबार देखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो । गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरिएको हो ।

पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरि १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाईको काम गरिने छ । तीन बर्षमा मुलुकभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष सहित केन्द्रले चालु आर्थिक बर्षमा १५ , अर्को बर्ष २५ र तेश्रो बर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिका तय गरेको छ ।

पहिलो चरणमा छापिएको राष्ट्रिय परिचय पत्र वितरण यसै महिनामा गरिने लक्ष्य पनि केन्द्रले लिएको छ ।

Logo