प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि केहि दिन अस्पतालमा नै रहने भएका छन् ।

त्रिवि शिक्षण अस्पतालले बिहीवार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने बताएको हो । "/>

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार (भिडियोरिपोर्ट)

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार (भिडियोरिपोर्ट)


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि केहि दिन अस्पतालमा नै रहने भएका छन् ।

त्रिवि शिक्षण अस्पतालले बिहीवार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने बताएको हो । प्रधानमन्त्रीको रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहे पनि प्रधानमन्त्रिलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केहि दिन अस्पतालमा नै रहने डा. दिव्या सिंहले जानकारी दिईन् ।

अहिले नै काममा फर्कने गरि स्वास्थ्य अवस्था तयार नभएको र केहि औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकोले प्रधानमन्त्री केहिदिन अस्पतालमा नै बस्ने डा सिंहले बताइन् ।

Logo