अमेरिकी कम्पनी एप्पलले मंगलबार न्युवर्कको ब्रुक्लिन सेन्टरमा आयोजित हार्डवेयर समारोहमा सबैभन्दा पातलो आइप्याड प्रो सार्वजनिक गरेको छ । "/>

एप्पलले लञ्च गर्यो सबैभन्दा पातलो आइप्याड

एप्पलले लञ्च गर्यो सबैभन्दा पातलो आइप्याड


अमेरिकी कम्पनी एप्पलले मंगलबार न्युवर्कको ब्रुक्लिन सेन्टरमा आयोजित हार्डवेयर समारोहमा सबैभन्दा पातलो आइप्याड प्रो सार्वजनिक गरेको छ । यस समारोहमा कम्पनीले अन्य ४ प्रोडक्ट प्रोमोलेड, म्याकबुक एयर, म्याकमिनी र एप्पल पेन्सिल पनि साथमा लञ्च गरेको हो ।

कम्पनीले यो वर्ष लेटेस्ट ए १२ बायोनिक चिपको साथ नयाँ आईप्याड प्रो ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रीन साइजमा ल्याएको छ, जसले पुरानो १०.५ इन्च भ्यारियन्टलाई रिप्लेस गरेको छ । यो अहिलसम्मकै पातलो आईप्याड हो, जसको ५.९ एमएम मात्र मोटाई रहेको कम्पनीले दाबी गरेको छ ।

यसको साथसाथै आईप्याड प्रोमा पहिलो पटक फेस आइडी फिचर र दुईवटा सिमको सपोर्ट पनि दिइएको छ । यसको दुबै मोडल अलग अलग स्टोरेजको हिसाबले चार भ्यारियन्टमा लञ्च गरिएको छ ।

दुबै आईप्याड प्रो मोडेलहरु लिक्विड रेटिना डिस्प्ले, अधिक पावरफुल ए १२ एक्स बायोनिक चिप र फेस आईडी फिचर्समा आएको छ । एप्पलको नयाँ आईप्याडले छेउमा रहेको विजेल्स घटाएको छ भने होम बटन पनि हटाएको छ ।

यसमा नयाँ आईप्याड प्रोमा ट्रु टोन एलइडी फ्ल्यासयुक्त १२ मेगा पिक्सेलको रियर क्यामेरा सेन्सर रहेको छ जुन क्यामेराले फोर के भिडियो रेकर्ड गर्न सक्छ । उक्त आईप्याडमा पावरफुल फोर स्पिकर अडियो सिस्टम रहेको कम्पनीले जनाएको छ । यसले एनिमोजी, मेमोजी तथा एप्पल पे लगायतका फिचर सपोर्ट गर्नेछ ।

आईप्याड प्रो २०१८ मा १० घन्टाको ब्याट्री लाइफ रहेको छ । नयाँ आइप्याड प्रो सिल्भर र स्पेस ग्रे रङमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Logo