धनगढी । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीमा रहेको बा२झ२३५४ नम्बरको नयाँ गाडी चोरी शैलीमा लग्दै गर्दा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रण लिएको छ । "/>

जब उप–महानिर्देशक र डिभिजन प्रमुखले चोर शैलीमा सरकारी गाडी लैजान खोजे

जब उप–महानिर्देशक र डिभिजन प्रमुखले चोर शैलीमा सरकारी गाडी लैजान खोजे


धनगढी । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीमा रहेको बा२झ२३५४ नम्बरको नयाँ गाडी चोरी शैलीमा लग्दै गर्दा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रण लिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका उप महानिर्देशक पदम मैनाली र हालै सरुवा भएका बैतडीका तत्कालिन डिभिजन प्रमुख प्रबिन साहको मिलेमतोमा प्रदेश सरकारलाई जानकारी नगराई विभागबाट ल्याएको बा१झ ४३१५ नम्बरको पुरानो गाडी कार्यालयमा बुझाई नयाँ गाडी चोरी शैलीमा लग्न लागेको सूचनाका आधारमा मुख्यमन्त्रीको कार्यालयले गाडी नियन्त्रणमा लिएको हो ।

प्रदेश सरकारलाई जानकारी नै नगराई १९९० मोडेलको बा १ झ ४३१५ नम्बरको पुरानो गाडी कार्यालयमा बुझाई २०१७ मोडेलको बा२झ २३५४ नम्बरको नयाँ गाडी चोरी शैलीमा लगिरहेको अवस्थामा प्रदेश सरकारले नियन्त्रणमा लिएको हो ।

सरकारले उनीहरुको प्रदेश २ मा सरुवा गरेको थियो । सरुवा गरेको क्षेत्रमा आफुले गाडी प्रयोग गर्दै आएका सवारी लैजान त पाईन्छ । तर त्यसको प्रक्रिया पुरा गर्नुपर्ने मुख्य मन्त्रीको कार्यालयका सूचना अधिकारी हरिदत्त भट्टले जानकारी दिए ।

उनीहरुले प्रदेश सरकार मातहत आएको सवारीलाई प्रक्रिया पुरा नगरीकनै लगेकाले नियन्त्रणमा लिईएको उनले बताए । सहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक पदम मैनाली र बैतडीका तत्कालिन प्रमुख प्रबिन साहको निर्देशनमा विभागबाटै दुई जना सवारी चालक र एक जना कार्यालय सहयोगी पठाई गाडी चोरी शैलीमा काठमाडौं लग्दै गर्दा मंगलबार साँझ करिब ८ बजे अत्तरीयाबाट गाडी नियन्त्रणमा लिइएको हो ।

केन्द्र सरकार अन्र्तगत रहेको कार्यालय खारेज भई प्रदेश सरकारको मातहतमा आएपछि उक्त कार्यालयमा भएका गाडीहरु यथावत राख्नुपर्ने भएपनि हाम्रो निर्देशनलाई अबज्ञा गर्दै चोरी शैलीमा गाडी लग्दै गर्दा नियन्त्रणमा लिनु परेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिबसिंह ओलीले जानकारी दिए ।

सहरी विकास तथा भवन निर्माण विभागका उप महानिर्देशक पदम मैनालीको निर्देशनमा काठमाडौंबाट पुरानो गाडी ल्याई कार्यालयमा राखेर नयाँ गाडी लग्न थालेपछि मैनालीसँग स्पष्टिकरण सोधिएको छ । दुबै कर्मचारीलाई कारबाहीको माग गर्दै प्रदेश सरकारले प्रधानमन्त्रीको कार्यालयलाई पत्र पठाएको छ ।

दशैं अगाडि नै उनीहरुको प्रदेश २ मा सरुवा गरिएको थियो । सरुवा गरिएको ठाउँमा जाँदा आफुले प्रयोग गर्दै आएको पुरानो गाडी छोडेर नयाँ गाडी लैजान खोजेका थिए ।

 

Logo