जाडो मौसम सुरु भइसकेको छ । जाडोमा विभिन्न खालको रोगले सताउँछ । यो मौसममा विशेषगरी बुढाबुढी, बच्चा, रोगी, गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्ने हुन्छ । "/>

जाडोमा सख्खरको फाइदा, स्मरण शक्ति पनि बढ्ने

जाडोमा सख्खरको फाइदा, स्मरण शक्ति पनि बढ्ने


जाडो मौसम सुरु भइसकेको छ । जाडोमा विभिन्न खालको रोगले सताउँछ । यो मौसममा विशेषगरी बुढाबुढी, बच्चा, रोगी, गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्ने हुन्छ । रसायन पदार्थबाट प्रशोधन नगरिएको र उखु, खजुर, ताड आदिको रस पकाएर बनाएर जमाएको पदार्थ नै सख्खर हो ।

जाडोको मौसमा सख्खरको सेवन एकदमै राम्रो मानिन्छ, यसलाई गुँड पनि भनिन्छ । यो गुणैगुणले भरिपुर्ण छ । यसको नियमित सेवनले चिसोको कारण हुने रोगहरुबाट बच्न सकिन्छ ।

सख्खरले छिट्टै पच्ने, शरिरमा रगत बढाउने र भोक जगाउने काम गर्छ । यसमा क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम, फलाम, तामा, ग्लुकोज जस्ता तत्व पाइन्छ । जसले गर्दा यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

स्वर भास्सिनुः सख्खरसँग पकाएको भात खाँदा स्वर भास्सिएको निको हुन्छ ।

दमः सख्खर र कालो तिलको लड्डु खाँदा जाडोमा दम बढ्न दिँदैन ।

रुघाखोकी र कफ जम्नुः रुघाखोकी र कफ जमेमा सख्खर पगालेर खाँदा फाइदा हुन्छ ।

कान दुखेमाः सख्खर र घिउ मिलाएर खाँदा कानको दुखाई ठिक हुन्छ ।

ग्यास्ट्रिकः खाना खाइसकेपछि सख्खर खाएमा पेटमा ग्याँस जम्मा हुन पाउँदैन् ।

जन्डिसः पाँच ग्राम अदुवा, दश ग्राम सख्खर खाँदा जन्डिसलाई फाइदा पुग्छ । सख्खरको हलुवा खाँदा स्मरण शक्ति पनि बढ्छ ।

महिलाको तल्लो पेट दुख्ने कमः सख्खरको नियमित सेवनले महिनावारीको समयमा हुने पेट दुखाईको समस्या ठिक हुन्छ । शरिरमा आइरनको मात्रा पनि बढाउँछ ।

मांसपेशको दुखाइः शरिरको मांसपेशीको दुखाइ पनि कम हुन्छ, साथै सख्खरको सेवनले थकान पनि हराउँछ ।

Logo