नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रिय पार्षद मुना भुसाललाई सुन्दरी नेतृका रुपमा चिनिन्छ । लामो समयदेखि नेपाली काँग्रेसबाट नेपाली राजनीतिमा सक्रिय नेतृ भुसालले आफ्नो जीवनको अनेकन संघर्षहरु पार गरिसकेका छन् । "/>

तरुण दलकी सुन्दरी नेतृ भन्छिन्– ‘लगाम लगाउने श्रीमान परे राजनीति सम्भव हुदैन’ (भिडियोसहित)

तरुण दलकी सुन्दरी नेतृ भन्छिन्– ‘लगाम लगाउने श्रीमान परे राजनीति सम्भव हुदैन’ (भिडियोसहित)


नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रिय पार्षद मुना भुसाललाई सुन्दरी नेतृका रुपमा चिनिन्छ । लामो समयदेखि नेपाली काँग्रेसबाट नेपाली राजनीतिमा सक्रिय नेतृ भुसालले आफ्नो जीवनको अनेकन संघर्षहरु पार गरिसकेका छन् ।

सानैदेखि चलाख र टाठो स्वभावका भुसालले नेविसंघमा आवद्द भएर राजनिती सुरु गरेंकी थिईन् । राजनीतिलाई सबै नीतिहरु मध्येको सर्वोत्कृष्ट नीति ठान्ने नेतृ भुसाल राजनीतीलाई फोहोरी खेलका रुपमा लिन नहुने धारणा राख्छिन् । युवा नेतृ समेत रहेकी भुसालले देशको दिगो बिकासका लागि युवापुस्ताले सक्रिय राजनीति गर्नुपर्ने बताईन् ।

काँग्रेसमा भईरहेको गुटगत राजनीतिका बारेमा उनी भन्छन्– ‘फरकमत आउदै नआउने एक दलिय व्यवस्थामा मात्र भएकाले प्रजातान्त्रीक प्रणालीमा स्वस्थ प्रतिस्पर्धाको लागि केही बैचारीक मतभिन्नता हुनैपर्छ ।’

महिला नेतृका लागि घर परिवारको महत्वपूर्ण साथ र सहयोग आवश्यक पर्ने बताउँदै भुसालले लगाम लगाउने श्रीमान परे महिलाको राजनिती सम्भव नहुने तर्क राख्छिन् । सुन्दरी नेतृकारुपमा चिनिने भुसालले आफ्नो सुन्दरतालाई खासै ध्यान नदिएको बताईन् । सुन्दरताका बारेमा उनको छुट्टै परिभाषा छ । ‘शारिरीक सुन्दरता क्षणीक हुन्छ । मान्छे मनैदेखि सुन्दर हुनुपर्छ । उमेर अनुसारको अनुहार र शरिरलाई मात्र सुन्दरताको परिभाषाभित्र राख्न सकिंदैन ।’ हाँसिरहनुलाई आफ्नो विशेषता ठान्ने नेतृ भुसाल गर्भवती हुन पाउनुलाई ‘भगवानले दिएको अनुपम उपहार’का रुपमा लिन्छन् ।

उनै भुसालले आफ्नो बिगत, बर्तमान र भविष्यका योजनाहरु केन्द्रबिन्दुसँग साटेका छन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट

Logo