नेपाली पुंजीबजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपिओ मानिएको अपर तामाकोशीको शेयर बुधबार बाँडफांड हुँदैछ। आईपिओ बिक्रि सुरु गरेको ४ महिनापछि बांडफांड  गर्न लागिएको हो । "/>

भोलि यसरी बाँडफाँड हुदैछ तामाकोशीको शेयर, कसले कति पाउने ?

भोलि यसरी बाँडफाँड हुदैछ तामाकोशीको शेयर, कसले कति पाउने ?


नेपाली पुंजीबजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपिओ मानिएको अपर तामाकोशीको शेयर बुधबार बाँडफांड हुँदैछ। आईपिओ बिक्रि सुरु गरेको ४ महिनापछि बांडफांड  गर्न लागिएको हो ।

कम्पनीले सर्वसाधारणलाई बिक्रि गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्ता मध्ये  १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई बिक्रि गरिएको हो  । कम्पनीको आईपिओमा २ लाख भन्दा बढी आवेदकबाट ३ अर्ब भन्दा बढीको आवेदन परेको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयहरुलाई क , ख र ग गरी ३ वर्गमा बर्गिकरण गरेको छ । अति प्रभावितलाई क बर्ग , प्रभावितलाई ख वर्ग  र कम प्रभावितलाई ग वर्ग गरी ३ तहको बर्गिकरण गरिएको हो ।  शेयर बाँडफांड गर्दा क वर्ग, ख वर्ग र ग वर्गलाई क्रमश ३, १.४ र १ को अनुपातमा शेयर बाँडफांड हुनेछ । यहि अनुपातमा शेयर बाँडफांड गर्दा लगानीकर्ताले न्युनतम ३० देखि ९० कित्तासम्म शेयर पाउने प्रारम्भिक आंकलन गरिएको छ । जस अनुसार ग वर्गका लगानीकर्ताले न्युनतम ३० कित्ता, ख वर्गका लगानीकर्ताले न्यूनतम ४२ कित्ता र ग वर्गका लगानीकर्ताले न्यूनतम ९० कित्ता शेयर पाउने प्रारम्भिक आंकलन गरिएको छ। 

लामाबगर र गौरीशंकर गाविसमा बासिन्दाहरुलाई क वर्गमा राखिएको छ। त्यस्तै ख वर्गमा साविकका ओराङ, बुलुंङ, खारे, लादुक, लामिडाडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमाक्ती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु , शहर गाविस र भिमेश्वर नगरपालिकाका १,२,३,४, र ७ नम्बर वडाका बासिन्दा रहेका छन् ।

ग वर्गमा आलम्पु, बाबरे, भेड्पु, भूसाफेदा, बिगु, बोच, चंखु, क्षेत्रपा, चिलखा, च्यामा, डाँडाखर्क, ताम्चेतदुधपोखरी, फस्कु, झुले, हांवा, घ्यांगसुकाठोकर, झ्याकु, जुगु, काब्रे, लापिलाङ, खोपाचागु, काटाकुटी, कालिन्चोक, मागापौवा, मार्बु, शैलुंगेश्वर, लाकुरीडांडा, मिर्गे, पवटी, श्यामा, मैलुंग सुरी गाविस तथा जिरी नगरपालिका र भिमेश्वर नगरपालिकाका ५,६,८,९,१०,११,१२,र १३ नम्बर वडाका बासिन्दा रहेका छन् । 

यसैबीच कम्पनीले सर्वसाधारणहरुको लागि कार्तिक १५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।

Logo